मुख्यमन्त्री राईले गरे १५ सांसदलाई निलम्बन

मुख्यमन्त्री राईले गरे १५ सांसदलाई निलम्बन

प्रदेश नम्बर १ मा नेकपाका १५ जना सांसद्लाई कारबाहीमा परेका छन् । मुख्यमन्त्री शेरधन राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन्।

ओली समूहका मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १५ जनालाई निलम्बन गरिएका हुन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने  ४ जना सांसदले मौखिक जवाफ दिएकोले कारबाही गरिएकाे छैन।

निलम्बन पर्नेमा प्रदेश सांसद् भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन् ।

 

Leave a Reply