सुदूरपश्चिम: अर्थमन्त्री बोहराले दिए राजीनामा
धनगढीः सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजिनामा दिएका छन् ।
मन्त्री बोहराले मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरि पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । बोहरा राजीनामा पत्र बुझाउन हिडेरै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयतर्फ लागेका हुन्।
नेकपा विभाजन भएसँगै बाेहाेरा ओली समूहमा लागेका हुन् । उनी ओली समूहले बनाएको ११९९ सदस्यीय केन्द्रीय कमिटीको सदस्य समेत रहेका छन् । बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए।
तत्कालीन माओवादी केन्द्रबाट बाम गठनबन्धका उम्मेदवार बनेका बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले फागुन ५ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए।