‘ओली क्यान्सर हुन्’- बाबुराम भट्टराई

‘ओली क्यान्सर हुन्’- बाबुराम भट्टराई

काठमाडौँ:  पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधाननमन्त्री केपी शर्मा ओली क्या’न्सर भएको टिप्पणी गरेका छन्। नेकपाले आयोजना गरेको राजनीतिक दलहरुसँगको अन्तर्क्रियामा उनले संयुक्त संघर्ष गर्न नेकपाका नेताहरूमै आ’शंका रहेकाले हुन नसकेको समेत बताए।

जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले “केपी ओलीले न्याक्दा त विरुद्धमा लाग्नु’भा छ। फेरि पनि केपी ओलीलाई नै बोकेर सँगसँगै जानु भए त हामी कलाकार बन्छौं कि भन्ने डर छ।”, उनले भने, “केपी ओली त क्यान्सर हुन्। त्यो क्यान्सर पालेर राख्नुभयो भने तपाईंहरुलाई त खान्छ खान्छ। हामीहरुलाई पनि खाने खतरा रहन्छ। संयुक्त संघर्ष गर्न तपाईंहरु स्पष्ट हुनुस्।”

नेताभट्टराईले चुनाव नहुने ठोकुवा समेत गरे। “चुनाव भए पो चुनाव लड्नुहुन्छ। लेखेर राख्नुस् चुनाव हुँदैन। नेपाली कांग्रेसका साथीहरु भ्रममा नपर्नुस्। हाम्रो पार्टी भ्रममा छैन,’’ भट्टराईले भने।

 

 

Leave a Reply