बधाई ! अर्काको घरमा भाडा माझ्दै हुर्काएकाे छाेरा बन्याे ‘इन्डियन बेस्ट डान्सर’

बधाई ! अर्काको घरमा भाडा माझ्दै हुर्काएकाे छाेरा बन्याे ‘इन्डियन बेस्ट डान्सर’

एजेन्सी :  ‘इन्डियन बेस्ट डान्सर’ को उपाधि टाइगर पप उर्फ अजय सिंहले जितेका छन् । आफ्नो अभिनयबाट दर्शकको मनमा बसेका अजय सिंहले मुकुल गैन,  श्वेता वारियर्स, परमदिप सिँहलाई पछि पार्दै ‘इन्डियन बेस्ट डान्सर’ २०२० काे टाइटल जितेका हुन् ।

प्रतियाेगितामा मुकुलले दाेस्राे स्थान र स्वेताले तेस्राे स्थान हासिल गरेका छन् । टाइटल जितेका अजयले ट्रफिको साथमा १५ लाख पैसा र विटारा ब्रीजा कार उपहार स्वरुप जितेका छन् ।

उनले एक अन्तर्वातामा भनेका छन् ‘गुरुग्रामबाट यही सपना बोकेर म मुम्बई आएको थिएँ । मलाई जसरी पनि यो सो जित्नु थियो । मलाई यो सपना पुरा गर्नको लागि धेरै सघर्ष गर्नु पर्यो । मैले यो सोबाट निकै मिठो अनुभव लिएको छु । सुरुमा मलाई कलेज र स्टेजका मानिसहरुले मात्र प्रसंसा गर्थे अहिले मलाई देशले नै प्रसंसा गर्छन । अडिसनको समयमा आमाको सिर झुकेको थियो । जुन दिन मैले निते त्यो दिन पनि आमाको सिर झुकेको थियो । उनी निकै साधारण छिन् । उनी अर्काको घरमा भाडा माझने काम गर्थिन । अब म त्यो काम गर्न दिनन । मैले ट्रफी जितेर घर पुग्दा आमा धेरै रोएकी थिइन् ।’

Leave a Reply