पाँच दिने ” सुरक्षात्मक सीप सहित आत्मरक्षा तालीम”को उद्घाटन

पाँच दिने ” सुरक्षात्मक सीप सहित आत्मरक्षा तालीम”को उद्घाटन

अछाम :बाल अधिकार र बालसम्बृध्दिको क्षेत्रमा काम गर्दै आईरहेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था वर्ल्डभिजन ईन्टरनेश्नल नेपालको आर्थीक सहयोग र समाज रूपान्तरण र बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको गैर सरकारी संस्था सामाजीक रूपान्तरण तथा मानवीय सहयता संघ – आस्था नेपाल अछामको आयोजनामा अछामको मंगलसेनमा किशोर किशोरीहरूकालागी पाँच दिने ” सुरक्षात्मक सीप सहित आत्मरक्षा तालीम”को उद्घाटन गरिएको छ।

दस दिने रूपान्तरण ( TOT) तालिमको समापन भए लगत्तै बुधबार बाट सञ्चालन भएको उक्त अर्को तालिममा अछाम जिल्लाको मेल्लेख गाउँपालिका नं. १ देखि ७, वडाका १४ जना , कमलबजार नगरपालिकाका २,३,४,र ५ गरि ४ वटा वडाका ८ जना यसैगरी पन्चदेवल बिनायक नगरपालिकाका १,६ र ७ गरि ३ वटा वडाका ६ जना समेतगरी जम्मा २८ जना साथी शिक्षकहरूलाई सुरक्षात्मक सीप सहित आत्मरक्षा तालिम दिन थालिएको छ।

किशोर किशोरीहरूको बढ्दो उमेर, शारीरीक र मानसीक परीवर्तन संगै जीवनमा आउने विभिन्न समस्या, दुर्घटना, हिंसा, शोषण र दुर्व्यवहारजस्ता समस्याहरूको प्रतिकारगरी आत्मरक्षा गर्न र सम्मानित जीवन जिउँन सिकाउने एवं संभावित जोखीमलाई समाधान गर्न सिकाउने उदेश्य साथै समाजमा रहेका विभिन्न खालका विकृती विसङ्गतीका बिरूध्द आवाज उठाउने क्षमता अभिबृध्दी गराउनकालागी उक्त तालिमको सुरू गरिएको हो। यो तालिम सिकेर गएपछी समुदायमा पनि सो कक्षाहरु संचालन गरेर सबै किशोर किशोरीहरूलाई सशक्त बनाईने छ।
उक्त तालिममा गर्ल्स किक नेपाल नामक संस्थाका प्रशिक्षक द्वय निरज न्याैपाने र विद्या बिष्टले सहजीकरण र प्रशिक्षण गरिरहनु भएको छ ।

Leave a Reply