काँग्रेस मष्टामाण्डौद्वारा साँफेबगरमा विरोध प्रदर्शन

काँग्रेस मष्टामाण्डौद्वारा साँफेबगरमा विरोध प्रदर्शन

अछाम : प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली काँग्रेस साफेबगर नगरपालिका वडा नं ४ मष्टामाण्डौले बिहीबार साफेबगरमा विरोध प्रदर्शन गरेको छ ।

साफेबगर नगरपालिका कार्य समिति नगर सचिव खम्म बहादुर कुवरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवर रहेका थिए।

कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य कालू सिहं कुवर, राम बहादुर कुवर, निता कुवर, स्वागत मन्तब्य महिला संघ नगर अध्यक्ष रुपा आऊज्ञी, अन्तरपाटि महिला सञ्जाल अध्यक्ष अप्सरा कुवर, प्रजातान्त्रिक महासंघ अछाम उपाध्यक्ष उमेश कुवर, महिला नेत्री पबित्रा कुवर लगाएतको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन प्रजातान्त्रिक महासंघ युवा समिति अछामका अध्यक्ष दिवस बुढाले गरेका थिए।

Leave a Reply