पत्रकार डेकेन्द्र थापाको ह’त्यामा सं’लग्न अभियुक्त प’क्राउ

पत्रकार डेकेन्द्र थापाको ह’त्यामा सं’लग्न अभियुक्त प’क्राउ

दैलेखका पत्रकार डेकेन्द्रराज थापाको ह’त्यामा सं’लग्न भनिएका फ’रार अभियुक्त १६ वर्षपछि प’क्राउ परेका छन् ।  दैलेख प्रहरीले महाबु गाउँपालिका–६, का ६८ वर्षीय जयबहादुर शाहीलाई प’क्राउ गरेको हो ।

उनलाई खो’जतलासका क्रममा दैलेखबाट खटिएको प्रहरी टोलीले प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुप श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार जिल्ला अदालत दैलेखबाट दुई वर्ष कै’द स’जाय तोकिएका शाहीले पूर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन स’जाय भुक्तान गरिसकेका छन् । बाँकी स’जाय दिलाउन उनलाई का’रागार चलान गरिएको छ । १ वर्ष ७ महिना १ दिन कै’द भुक्तान गरी ब’न्दीप्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि थुनामुक्त भई शाही फ’रार थिए ।

पत्रकार थापा द्वन्द्वकालमा तत्कालीन माओवादीबाट २०६१ साल साउन २७ गते मा’रिएका थिए । 

Leave a Reply