प्रशासनबाट दिइने सेवामा अझ बढी गुणस्तरियता प्रदान गर्ने प्रजिअको प्रतिबद्धता

प्रशासनबाट दिइने सेवामा अझ बढी गुणस्तरियता प्रदान गर्ने प्रजिअको प्रतिबद्धता

अछाम : अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जिल्ला प्रशासन कार्यालय मातहतमा प्रदान गरिने सेवाहरुमा थप गुणस्तरियता प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । आफू जिल्लामा आईसकेपछि पुरानाकामहरुलाई निरन्तरता र केही नया कामहरुको समेत सुरुवात गरेकाले राम्रा कामहरुमा स्थानीयले सहयोग गर्नुपर्ने बताए ।

अछाम जिल्लामा नागरिकता सम्बन्धि विभिन्न खालका समस्याहरु रहेकाले समस्याहरु रहेकाले समस्या सामाधानका लागि पहल गरिदा सुरुमा प्रमुखजिल्ला अधिकारीको चर्को आलोचना भएपनि पछिल्लो समयमा आम नागकिरहरुले कुरा बुझदै गएपछि सहज भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । जिल्लाका विकट ठाउका स्थानियलाई मंगलसैनमा पुगेर नागरिकता लिन निकै असहज हुने गरेको जनगुनासो आएपछि आफुले जिल्लाको सबैभन्दा विकट मानिएको तुर्माखाद गाउँपालिकाको भूलु रहफमा पुगेर त्यहाका नागरिकलाई नागरिकता दिएको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय अछामले आयोजना गरेको नियमित पत्रकार सम्मेलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपाध्यायले अहिलेपनि जिल्लामा विभिन्न खालका समस्याहरु रहेकाले समस्याका बाबजुतपनि आफुले सरोकारवालाको सल्लाह बमोजिम आफ्ना गतिविधि अगाडि बढाई रहेको बताए । नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका अफिसयल कामले गर्दा जिल्लामा भईरहेका विकास निर्माणका कामहरुलाई प्रथामिकता दिन नसकेकाले अब विकास निर्माणका कामहरुको प्रभावाकरी अनुगमनत था सरोकारवाला संगको समन्वयलाई अगाडि बढाउने उनको प्रतिबद्धता छ।

जिल्लामा विभिन्न रुटहरुमा संञ्चालन भईरहेका सवारि साधनहरुले नागरिकको ढाड सेनिनेगरि भाडा असुल गरिरहेकाले यस तर्फ आफ्नो गभ्भिर ध्यानआकर्षण भएको बताउदै निश्चत भाडादर कायम गर्न तत्काल यतायता ब्यवासयीहरु संग बसेर नयाँभाडादार कायम गरिने बताए ।

जिल्ला प्रशासन कार्यालयमै जनशक्तिको अभाव हुदा सेवालाई छिटोछरितो बनाउन केही कठिनाई भएकाले यसलाई चाडै समाधान गर्न तर्फ लागीरहेको उल्लेख गरे । जिल्लामा मदिरा, छाउपडी , काठ तस्करी, सरकारी निकायबाट गुणस्तरिय सेवा प्रदान नभएको लगायतका विभिन्न गुनासाहरु आएकाले यसलाई जिल्ला प्रशासन कार्यालयले गम्भिर रुपमा लिएको र आगामी दिनमा सरोकारवालाले दिएका सुझावको आधारमा अघिबढ्ने प्रतिबद्धता दोहो¥याउदै उहाले आफ्ना सकारात्मक काममा सहयोग गर्न अनुरोध गरे।

प्रमुख जिल्ला अधिकारी समन्वय गर्नु हुन्न भन्ने गुनासो छ नि भन्ने पत्रकारको प्रश्नमा ? उनले आफूले प्रयास गर्दा गर्दैपनि गुनासो आईरहेकाले सरोकारवाला संगको समन्वयको पाटोलाई आगामी दिनम प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका अध्यक्ष खम्म खत्री लगाएत पत्रकारहरुको सहभागिता रहेको थियो।

Leave a Reply