मंगलसैन नगरपालिका वडा नम्बर ६ ठुलासैन बजारको सडकमा सोलार बत्ती जडान

अछामको मंगलसैन नगरपालिका वडा न ६ को हरिनगर बजार ठुलासैन बजार सडकमा सोलार बत्ती जडान गरिएको छ। नगरपालिकाले बजारका आठ स्थानमा सडक बत्ती जडान गरेको हो।
बजार क्षेत्रमा शान्ति सुरक्षा, बटुवालाई आवतजावतमा सहज र बजारलाई रातको समयमा उज्यालो बनाउन सडक बत्ती जडान गरिएको नगरपालिकाले जनाएको छ ।
रातको समयमा हुने चोरी, तोडफोड, झैझगडा नियन्त्रणमा सघाउ पुग्नुका साथै सर्वसाधारणलाई हिँडडुलमा सहज हुने बिश्वास रहेको छ । सडक बत्ती नगरपालिका को २१ लाख लागतमा जडान गरिएको वडा अध्यक्ष जनक राज भन्डारीले जानकारी दिनु भयो ।