बालबालिकाहरूको अवस्था विश्लेषण सम्बन्धी बालअधिकार समितीसंगको छलफल कार्यक्रम सम्पन्न
वर्ल्डभिजन ईन्टरनेश्नल नेपाल ,आस्था नेपाल अछाम र पन्चदेवल बिनायक नगरपालिकाको संयुक्त साझेदारी एवं पालिका स्तरीय बाल अधिकार समिती को समन्वयमा बालबालिकाहरूको अवस्था विश्लेषण सम्बन्धी बालिका समुहसंगको छलफल कार्यक्रम पन्चदेवल बिनाएक नगरपालिकामा सम्पन्न भएको छ।
बालबालिकाहरूका सवालहरूको पहिचानगरी प्राथमिकीकरण गर्ने र समाधानका उपाय खोज्ने उदेश्यले उक्त कार्यक्रम गरिएको हो। कार्यक्रममा उक्त नगरपालिकामा रहेका बालबालिकाका सवालहरू पहिचान गरिएको थियो । सहभागीहरूले प्रयोगात्मक, छलफल र भोटिङ बिधीबाट ती सवालहरू मध्यबाट ठुल्ठुला सवालहरूलाई प्राथमिकीकरण गर्नु भएको थियो।
निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीकोअध्यक्षतामा भएको उक्त कार्यक्रममा पन्चदेवल बिनायक नगरपालिकाका नगरप्रमुख देवराज देवकोटा प्रमुख अतिथि रहनु भएको थियो। यसैगरी अन्य सहभागीहरूमा बाल अधिकार समितीका सदस्य एवं स्वास्थ शाखा प्रमुख लक्ष्मीकान्त बजगाई, प्रशासन शाखा प्रमुख खेमराज ढकाल, बालअधिकार समितीका सदस्य सचिब एवं महिला तथा बालबालिका शाखा प्रमुख भावना शर्मा , बाल अधिकार समितीका सदस्य एवं रोजगार शाखा प्रमुख भरतराज अधिकारी, बाल अधिकार समितीका सदस्य तपेन्द्र धामी, हंसराज अधिकारी, नरेश न्याैपाने, पुष्प उपाध्याय, महाजित बि. क. गणेश शाही र ईलाका प्रहरी कार्यालयका प्रमुख सही एवं बाल अधिकार समितीका सदस्य भरत बहादुर रोकाया लगाएतको उपस्थिती रहेको थियो।
उक्त छलफल कार्यक्रमको सहजीकरण आस्था नेपाल अछामका खगेन्द्र उपाध्याय र जीवन नेपालीले गर्नु भएको थियो।