ढकारी गाउँपालिकामा संचालित नेतृत्व तथा क्षमता विकास सम्बन्धि ३ दिने तालिमको समापन

ढकारी गाउँपालिकामा संचालित नेतृत्व तथा क्षमता विकास सम्बन्धि ३ दिने  तालिमको समापन

अछाम :यही चैत ८ गते देखि ढकारी गाउँपालिकामा संचालित नेतृत्व तथा क्षमता विकास सम्बन्धि ३  तालिमको समापन गरिएको छ ।

सार्वजनिक सरोकारका विषयमा स्थापना भएका विभिन्न सरकारी तथा गैरसरकारी निकायका विभिन्न संयन्त्रहरुमा महिलाहरुको अर्थपुर्ण सहभागिता तथा प्रतिनिधित्व गराउने उद्देश्यले सार्वजनिक निकायमा महिलाको प्रतिनिधित्व हुने मुख्य उदेश्यका साथ प्रत्येक वडा बाट ३ जना महिला सहभागी हुने गरि कार्यक्रम गरिएको हो ।

ढकारी गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकाे आयोजनामा भएको समापन कार्यक्रम गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउदको अध्यक्षतामा सम्पन्न भएको थियोे ।कार्यक्रममा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाट, प्रशासन शाखा प्रमुख लोकेन्द्र बोगटी, न्यायीक तथा सहकारी शाखा प्रमुख कृष्ण देवकोटा ,प्रशिक्षक चन्द्र भण्डारी लगायतको उपस्थित रहेकोे कार्यक्रमको संचालन ढकारी गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख चाँदनि चन्दले गर्नुभएको थियो ।

Leave a Reply