प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत
सडक मिडिया
वैशाख २७, २०७८ १८:०४:५७ • ११०३ पटक पढिएको
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्रीकाे पद गुमेकाे हाे ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा २३२ जना सांसद उपस्थित रहेका थिए । जसमा विश्वासको मतको पक्षमा ९३ र विपक्षका १२४ सांसदहरुले मतदान गरेका छन् । १५ जना भने तटस्थ रहे । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गरे ।
प्रधानमन्त्रीले संविधानको धारा १०० बमोजिम विश्वासको मत लिन चाहेका थिए ।
सिफारिस