काठमाडौँमा थप ३ हजार ९२७ जनामा देखियाे काेराेना
सडक मिडिया
वैशाख २८, २०७८ १८:१३:४१ • ७१७ पटक पढिएको
काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७८८ जना, भक्तपुरमा ५३७ जना र ललितपुरमा ६०२ जना कोरोना संक्रमित भेटिएका हुन् ।
मन्त्रालयका अनुसार मंगलबार देशभरका विभिन्न प्रयाेगशालामा गरिएको २१ हजार ३१६ पीसीआर र एन्टिजेन परीक्षणबाट ९ हजार ४८३ मा काेराेना भाइरसकाे संक्रमण पृष्टि भएकाे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर एकै दिन २२५ जनाको मृत्यु भएको छ । याे संङ्ख्या एकैदिन मृत्यु भएकाे अहिलेसम्मकै धेरै हाे ।
सिफारिस