मंगलसैन न•पा द्वारा कमलबजारकाे पिसिआर प्रयोगशाला लाइ पुनः ५ लाख आर्थिक सहयोग

मंगलसैन न•पा द्वारा कमलबजारकाे पिसिआर प्रयोगशाला लाइ पुनः ५ लाख आर्थिक सहयोग

अछाम: जिल्लाको मंगलसैन नगरपालिकाले कमलबजारमा रहेको पिसिआर प्रयोगशालाका लागि आर्थिक सहयोग गरेको छ ।

कमलबजार नगरपालिका अन्तर्गत कमलबजार प्राथमिक स्वास्थ्य केेेन्द्रमा सञ्चालित पिसिआर परीक्षण प्रयोगशालाको स्तर उन्नतिका लागि आर्थिक सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।

प्रयोगशाला सञ्चालनमा राहत पुगोस् र सहज होस भनेर आर्थिक सहयोग गरिएको मंगलसैन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराले बताए ।

नगर प्रमुख बोहराले  ५ लाखको चेक कमलबजार नगरपालिकाका जनस्वास्थ्य अधिकृत चक्र बहादुर बिष्ट  मार्फत चेक प्रयोगशालालाई हस्तान्तरण गर्नुभएको हो । प्रयोगशालाको स्तर उन्नतिको लागी नगरपालिकाले गत पुस महिनामा पनि ५ लाख रकम सहयोग गरेको थियो ।

आर्थिक सहयोग प्राप्त गरेपछि कमलबजार नगरपालिकाका नगरप्रमुख ओप्रकाश विष्टले खुशी व्यक्त गर्दै मंगलसैन नगरपालिका परिवारलाई धन्यवाद दिएका छन् ।

यसअघि जिल्लाको ढकारी गाउँपालिकाले पनि गत साउन महिना मै १० लाख र तुर्माखाद गाउँपालिकाले पनि १० लाख अर्थिक सहयोग गरेको थियो ।

हस्तान्तरण कार्यक्रममा मंगलसैन नगरपालिका निमित्त प्रमुख प्रशासकिय बिष्णु प्रसाद उपाध्यायको समेत उपस्तिथि रहेको नगरपालिका सुचना अधिकारी बिष्णु प्रसाद जैसीले जानकारी दिनु भयो ।

Leave a Reply