स्वास्थ्य सामाग्रि खरिदका लागि बयलपाटा अस्पताललाई ढकारी गाउपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाले अस्पताल लाई २ लाख रुपैया आर्थिक सहयोग गर्ने निणर्य गरेको ढकारी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटले बताए ।
कोरोना भाईरस कोभिड १९को महामारी बढ्दै गएकाले जिल्लामा दिन प्रतिदिन कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको र मृत्युदर पनि उच्च रहेकाले अछाममा पनि आम अछाम बासीहरु छिमेकि मुलुक भारतबाट फर्कने क्रम जारी नै रहेकाले, कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि टेवा पुगोस भन्ने हेतुले ्स्वास्थ्य सामाग्री खरिदका लागि बयलपाटा अस्पताललाई आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो ।
यसले कोरोना संक्रमित,आईशोलेशन निर्माण,नागरिकहरुको ज्यान जोगाउँन अक्सिजन सिलिन्डर लगायतका स्वास्थ सामाग्रि खरिदमा सहयोग पुग्ने ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढाले बताउनुभयो ।
कोरोना भाईरसको दोस्रो लहरको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै अछाममा निशेधाज्ञा जारी गरिएको छ । यसअघि पनि कमलबजार पिसीआर प्रयोगशालालाइ आर्थिक सहयोग गदै आईरहेको अध्यक्ष बुढाले जानकारी दिनुभयो ।