पूर्वी अछाममा नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवाग्राहीहरू मर्कामा

पूर्वी अछाममा नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवाग्राहीहरू मर्कामा

अछाम : नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि पुर्वि अछामका जनताहरू मर्कामा परेका छन् । नेपाल टेलिकमकाे नेटवर्कमा समस्या आएसँगै जिल्लाकाे कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकामा रहेका सेवाग्राहीहरूले सास्ती भोग्नु परेको स्थानीयले बताएका छन्  ।

सबै ठाउँमा नेटवर्कको पहुच नपुगेकै अवस्थामा यसक्षेत्रमा रहेका टेलिकमका टावरहरुबाट बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्म नेटवर्कले काम नगर्दा दुख भोग्नु परेको स्थानीय महेन्द्र बहादुर बिस्टले सामाजिक संजालमार्फत दुखेसो पोखेका छन् ।

नेटवर्कमा समस्या आएपछि घरबाट टाढा रहेका आफन्तहरुसँग खबर आदानप्रदान गर्नसमेत असहज भएको छ ।  प्रवासमा रहेका मिलन मधुभाषीले  नेटवर्कको समस्याले गर्दा लामो समयदेखि घरमा कुराकानी हुन नसकेको बताएका छन् ।  ‘प्राविधिले निकै फट्को मार्यो भन्छन्, तर घरमा खबर आदानप्रदान हुनसमेत् गाह्रो छ, हामी कहिलेसम्म सास्ती भोगिरहने ? उनले भने:

सामाजिक संजालमार्फत देश विदेशमा रहेका यसक्षेत्रका नागरिकहरूले दुखेसो पोख्नुका साथै संबन्धित सबैको ध्यानाकर्षणसमेत गराएका छन् ।

Leave a Reply