ने बि संघ सिटिइभिटि केन्द्रिय समन्वय समितिले चिकित्सा शिक्षा आयोगको कार्यालयमा बुझायो : ज्ञापनपत्र

नेपाल बिद्यार्थी संघ सिटिइभिटि केन्द्रिय समन्वय समितिले चिकित्सा शिक्षा आयोगको कार्यालयमा आयोगका उपाध्यक्ष प्रा डा. श्री कृष्ण गिरिलाई भेटेर ज्ञापन पत्र बुझाएको छ।
ने वि संघ सिटिइभिटि अध्यक्ष महेन्द्र जंग शाहीले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै उक्त ज्ञापनपत्र बुझाइएको हो ।अध्यक्ष शाही द्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा निम्न मागहरु उल्लेख गरिएकाछन।
१, स्नातक तहमा स्वास्थ्य तर्फ अध्ययन गर्ने सिटिईभिटि देखी उतिर्ण हेल्थ साइन्सका विधार्थिलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रको पाठ्यक्रम समाबेश गरि बैज्ञानिक कार्ययोजना बनाउदै पढ्न पाउने ब्यबहारिक ब्यबस्थापन गरियोस् र आबश्यक अनुसार छुट्टै कोटाको ब्यबस्थापन गरियोस् ।
२, चिकित्सा शिक्षा आयोगको लापरबाहीका कारण अहिलेसम्म भर्ना सुचारु नगरेर चिन,भारत जस्ता अन्य छिमेकी मुलुकमा बिद्यार्थी पठाउने खेल बन्द गरियोस् । ३, सम्पुर्ण कलेजहरुमा नेपाल सरकारकाे नियम र बिश्वबिद्धालयले प्रदान गर्दै आइरहेकाे छात्रवृत्ति सङ्ख्याका बारेमा अध्ययन गरि छात्रवृत्ति संख्या थप गरियाेस !
४, संघीयता/ अर्थात बिकेन्द्रीकरणको मर्मलाई आत्मसात गर्दै चिकित्सा शिक्षा आयोगका कमिकमजोरि र अन्योलतालाई रोक्दै आवश्यक अधिकार बिश्वबिद्धालय र कलेजहरुलाई दिदै अधिकार सम्पन्न बनाइयोस ! ५, शैक्षिक क्यालेन्डर निर्माण गर्दै क्यालेन्डर अनुसार बिद्यार्थीका शैक्षिक गतिविधि संचालन गरियोस् !
नेपाल बिद्यार्थी संघ द्वारा बिविध मागहरू प्रस्तुत गरिएको छ। हेल्थ साइन्सका प्रमाणपत्र तहका बिद्यार्थीले जांच दिएको तर, प्रवेश परिक्षा पाठ्यक्रममा समस्या भएकाले पनि आयोग द्वारा लगिएको परिक्षामा बिद्यार्थी उतिर्ण हुन सकेका छैनन् । त्यसैगरी बिद्यार्थीलाई पढ्न पाउने अधिकार देखि बन्चित नगर्न संवेदनशील बन्नु पर्ने र छलफल गरेर पर्सेन्टाइलको आधारमा भए पनि बिद्यार्थीको भर्ना प्रक्रिया सुरु गर्न सकिने संयोजक विनोद शाही ठकुरीले बताए ।
उहाँका अनुसार अब भर्ना प्रक्रिया ब्यबस्थित हुनुपर्ने र पहिलो पटक एकीकृत प्रवेश परिक्षा लगिएको कारण भएर नै हुन सक्छ आयोगले काम गर्न सकेन कलेजमा सिट खाली राखेर बिद्यार्थी पढ्न पाउने अधिकार रोकेर बिद्यार्थी भर्ना हुन देखी बन्चित हुन जानु राम्रो हुँदैन। तत्काल प्रक्रिया थाल्नु पर्ने बिद्यार्थीहरुको माग थियो।