नेविसंघ र सिटिईभिटि बीच बार्ता सहमति

नेविसंघ र सिटिईभिटि बीच बार्ता सहमति

काठमाडौ :नेपाल बिद्यार्थी संघ सिटिइभिटि केन्द्रिय समन्वय समिति संग सिटिइभिटि केन्द्रिय कार्यालयले पटकपटक छलफल र बार्ता पश्चात् आज दुवै पक्ष बीच सहमति भएको छ। नेपाल बिद्यार्थी संघले गत २०७७ पुष १९ गते ज्ञापन बुझाएको  थियो।नेपाल बिद्यार्थी संघ सिटिईभिटि केन्द्रिय अध्यक्ष महेन्द्र जङ्ग शाहीको संयोजकत्वमा बार्ता टोलि र परिषदका निर्देशक प्रमोद भक्त आचार्यको संयोजकत्वमा बसेको बार्ताटोलि बीच सहमति भएको पत्रमा उल्लेख गरिएको छ ।
बार्तामा सवै विषय बस्तुलाई गहन अध्यन गरेर पटकपटक बार्ता पश्चात् विभिन्न कार्यक्रमको शैक्षिक शुल्क एकरुपता ल्यौउदै परिषद मातहतका विभिन्न कार्यक्रमको शुल्क तोकिएको र कोभिड महामारी बिच शुल्क छुट गर्ने निर्णय गोरखापत्रमा प्रकाशित गरिने लगायत विविध अन्य सवै मागहरु शिक्षा क्षेत्रको गुणस्तर उकास्नका निमित्त नै आफुहरुको आवाज रहेको भन्दै निचोड निकालेर सहमति गरिएको सिटिईभिटि संयोजक विनोद शाही ठकुरीले जानकारी दिए । शाहीले तत्काल यो सहमति पत्र कार्यान्वयन हुने र सरोकारवाला पक्षले पनि कार्यान्वयन गर्न कन्जुस्याइँ नगर्न हुने बताउनु भएको छ।
यस्तो छ :सहमति पत्र

Leave a Reply