कांग्रेस जिल्ला सभापतिहरुको धर्नामा नेता शेखर कोइरालाको ऐक्यवद्धता
काठमाडौँ । क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस जिल्ला सभापतिहरुले थालेको धर्नामा नेता शेखर कोइरालाले ऐक्यवद्धता जनाउनु भएको छ । पार्टी कार्यालय सानेपामा जारी धर्नास्थल पुगेर नेता कोइरालाले ऐक्यवद्धता जनाउनु भएको हो ।
कांग्रेसले क्रियाशील सदस्यता विवाद समाधान भएको जनाए पनि केही कांग्रेस जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्ने लगायत माग राख्दै धर्नामा बसेका हुन् ।
धर्नामा पार्टीका केन्द्रीय नेताहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्त, गगनकुमार थापालगायतले ऐक्यबद्धता जनाएका हुन।