मंगलसेन नगरपालिकाका कर्मचारीद्वारा निजामती सेवा दिवस बहिस्कार

मंगलसेन नगरपालिकाका कर्मचारीद्वारा निजामती सेवा दिवस बहिस्कार

अछाम  । स्थानीय तहमा कार्यरत कर्मचारीहरूले निजामती सेवा दिवस बहिष्कार गर्दै हातमा कालो पट्टी बाँधेर विरोध गरेकाछन।

सोमबार मंगलसेन नगरपालिका अछामका स्थानीय तहका कर्मचारीहरूले  सहायक  प्रमुख जिल्ला अधिकारी रन्जन प्रसाद तिमिल्सैना मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय,संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोग लाइ उक्त बिरोध पत्र बुझाइएको हो । विरोध पत्र बुझाएका हुन् ।  भदौ २२(आज) मनाइन लागेको दिवस बहिस्कार गर्दै ज्ञापनपत्र बुझाएको   स्थानीय तह सेवा अन्तर्गत पाचौं  तह सुब्बा  कर्मचारी  बिष्णु प्रसाद जैसिले बताए ।

स्थानीय तहको सेवामा रहँदा सेवारत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सेवामा रहेका कर्मचारीलाई कर्मचारी नै मान्न तयार नभएको भन्दै उनीहरू विरोधमा उत्रेका हुन् ।

निजामती कर्मचारीको परिभाषाबाट बाहिर राखेको, सेवा सुविधाको सम्बन्धमा कुनै पनि नीतिगत व्यवस्था नै नगरिएको, वृत्ति पथको आधार सुनिश्चित नगरी अन्यौलताको अवस्था सृजना गरिएको तथा स्थानीय तहको सेवारत कर्मचारीको सरुवा व्यवस्थामा कर्मचारीतन्त्रको उपहास गरी दुई पालिकाको सहमतिमा पालिका र प्रमुखको हस्ताक्षर अनिवार्य गरिएको जसले गर्दा जनप्रतिनिधिलाई जबरजस्ती प्रशासनिक कार्यमा प्रोत्साहन गर्दै नातावाद, कृपावाद, अनियमितता, बिचौलिया प्रवृत्ति, चाकडी, चाप्लुसीलाई प्रशय दिने विभेदकारी नीतिगत निर्णय लागू गरेको मंगलसेन नगरपालिका  स्थानीय तह सेवा अन्तर्गत छैटौं तह लेखा अधिकृत कर्मचारी  बिष्णु प्रसाद उपाध्यायले बताए ।

बिरोध कार्यक्रममा  रामारोशन गाउपालिका स्थानीय तह सेवा अन्तर्गत छैटौं तह  अधिकृत कर्मचारी  रामबहादुर भण्डारी, हेमन्त साउद,उर्मिला जिसि,धिरेन्द्र भण्डारी ,लोकबहादुर चलाउने,हरिसचन्द्र बडाल,कर्ण बिक्रम शाही लगायतको उपस्थित रहेकोे थियो ।

 

 

 

 

 

Leave a Reply