संगठन निर्माण सहित बलियो काङ्ग्रेस बनाउन युवा नेता देवकोटाको प्रदेश सभापतिमा उम्मेद्धारी घोषणा

संगठन निर्माण सहित बलियो काङ्ग्रेस बनाउन युवा नेता देवकोटाको प्रदेश सभापतिमा उम्मेद्धारी घोषणा

अछाम । युवा नेता चन्द्रप्रकाश देवकोटाले नेपाली कांग्रेस प्रदेश सभा ख को सभापतीमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

नेता देवकोटाले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यही असोज १ गते हुन गईरहेको प्रदेश सभाको निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले आज विपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसर पारेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका संस्थापक तथा राष्ट्रियता, लोकतन्त्र र समाजवादका प्रणेता महामानव वी.पी. कोइरालाको १०८ औँ जन्मजयन्तीको बिशेष अवसर पारेर नेपाली काङ्ग्रेस को १४औं महाधिवेशनमा अछाम क्षेत्र नम्बर १ को प्रदेश (ख) को सभापति पदमा मेरो उम्मेदवारी घोषणा गर्दछु, उनले सामाजिक सञ्जालमा भनेका छन् ।

युवाहरुको प्रतिनिधिका रुपमा सम्पुर्ण पार्टीका नेता कार्यकर्ताहरुको सम्मान पुर्ण सहभागिता सहितको बलियो काङ्ग्रेस र संगठन निर्माणका लागि आफ्नो उम्मेदवारी रहने उनले बताए ।

समाजमा रहेका बिकृती बिसङ्गती भ्रष्टाचार विरुद्ध उभिन र पार्टीको आमूल परिवर्तनका लागि आफू सधै सदैव प्रतिबद्ध रहने पनि उनको भनाइ छ ।

Leave a Reply