अछाम क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्यमा नेता लालुराम भण्डारीको उम्मेदवारी घोषणा
अहिले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको सरगर्मी निकै बढेको छ ।
काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशका अधिकांश वडा कार्यसमितिका वडा अधिवेशन हरु सम्पन्न भइसकेको छ ।
अछाममा पनि महाधिवेशनको रौनक चलिरहेको बेला ढकारी गाउपालिका वडा नम्बर १ निवास नेपाली काङ्ग्रेसका नेता लालुराम भण्डारीले अछाम क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्य लड्ने घोषणा गरेकाछन ।
भण्डारीले १४ औं महाधिवेशन अन्तर्गत क्षेत्र नम्बर २ काे क्षेत्रीय सदस्यमा दाबी गरेका हुन् ।
लामो समय देखि नेपाली काङ्ग्रेसमा क्रियाशिल नेता भण्डारी भने ,संगठन लाई जनता, कार्यकर्ता मुखी , बलियो र चलायमान बनाउनका लागी म सदस्यमा लड्न लागेको छु। अछाम क्षेत्र नम्बर २ का सम्पुर्ण क्षेत्रीय प्रतिनिधि हरुलाइ आफुलाइ मत दिएर बिजयी गराउन अपिल समेत गरेकाछन ।