राष्ट्रिय जनगणना २०७८ को सुपरिवेक्षक तालिम मंगलसेनमा सम्पन्न

राष्ट्रिय जनगणना २०७८ को सुपरिवेक्षक तालिम मंगलसेनमा सम्पन्न

राष्ट्रिय जनगणना २०७८ को सुपरिवेक्षक तालिम सम्पन्न भएको छ ।मैरो गणना मेरो सहभागिता भन्ने मुल नारा का साथ मिति २०७८ भदौ २७ गते सूरु भएको सुपरिवेक्षक तालिमको सोमबार एक कार्यक्रमका बीच समापन गरिएको हो ।

जिल्ला जनगणना समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि
जिल्ला स्तरीय जनगणना सहजिकरण समितिका संयोजक एवं जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवँर
रहनु भएको थियो।

कार्यक्रममा जिल्ला जनगणना समन्वय समिति सदस्य  प्रहरी नायब उपरिक्षक तुलसीराम अर्याल, अछाम बहुमुखु क्यम्पस प्रमुख छत्र बहादुर विष्ट,जिल्ला जनगणना अधिकारी प्रकाश विष्ट,विनायक स्थानीय जनगणना कार्यालयका स्थानीय जनगणना अधिकारी ललित बहादुर बुढा,साफेबगर स्थानीय जनगणना कार्यालयका स्थानीय जनगणना अधिकारी शंकर थापा,तुर्माखाद स्थानीय जनगणना कार्यालयका स्थानीय जनगणना अधिकारी टेक बहादुर साउद,मंगलसेन स्थानीय जनगणना कार्यालयका स्थानीय जनगणना अधिकारी लक्ष्मण बहादुर शाहिको उपस्तिथि रहेकोे थियो ।

जनगणना कार्य सम्बन्धी जानकारी जिल्ला जनगणना अधिकारी प्रकाश विष्टले गराएका थिए ।

जनगणनाको समयमा सुरक्षा तथा अन्य संवेदनशीलताका बिषयमा प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रमको संचालन सहायक जनगणना अधिकारी एकेन्द्र बहादुर बोगटीले गर्नुभएको थियो ।

 

Leave a Reply