काङ्ग्रेस रामारोशन गाउँकार्यसमिति सभापतिमा नेता साउदको उम्मेदवारी घोषणा

काङ्ग्रेस रामारोशन गाउँकार्यसमिति सभापतिमा नेता साउदको उम्मेदवारी घोषणा

अहिले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको सरगर्मी निकै बढेको छ ।

काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशका अधिकांश  वडा कार्यसमितिका वडा अधिवेशन हरु सम्पन्न भइसकेको छ ।

अछाममा पनि महाधिवेशनको रौनक चलिरहेको बेला रामारोशन गाउँपालिका   वडा नम्बर ६ निवास नेपाली काङ्ग्रेसका युवा नेता दलबहादुर साउदले अछामको रामारोशन गाउँपालिका  गाउँ कार्यसमिति सभापति   लड्ने घोषणा गरेकाछन ।

आफू गाउँकार्यसमितिको सभापति भएपछि छ बीस क्षेत्रमा काङ्ग्रेस पार्टी लाई बलियो र संगठन बिस्तार आफ्नो  मुख्य ध्येय रहेको उनले उल्लेख गरे । प्रत्येक वडामा भातृ संस्थालाई क्रियाशिल बनाउने, प्रशिक्षण दिई गुट र उपगुट अन्त्य गर्ने भूमिका खेल्दै
पार्टी लाई एक ढिक्का बनाउने आफ्नो उदेश्य रहेकोे नेता साउदले बताए । साथै नेता साउदले आफु कुनै पनि गुट उपगुटमा रहेर नभइ स्वतन्त्र रुपमा उम्मेद्वारी घोषणा गरेको पनि स्पष्ट पारे।

आफ्नो निर्वाचन क्षेत्रमा पार्टी संगठन बलियो संगठन सुदृढ पार्न नेपाली काङ्ग्रेस लाई चलायमान र युग सुहाउँदो आधुनिक काङ्ग्रेस बनाउने गरि निर्वाचन क्षेत्रमा काम गर्ने उनको भनाइ छ । नेपाली काङ्ग्रेसमा युवाको आवश्यकता र पार्टीमा युवा  नेतृत्व को खाचो रहेको भन्दै आफू सभापति को उम्मेदवार भएको बताए ।

अहिलेको एकाइसौ सताब्दिमा हाम्रा अग्रज हरुले यो गरेका थिए भन्नु भन्दा पनि युवा पुस्ताले देख्ने गरि काङ्ग्रेसका योजना हरु जनताको माझ लिन   संगठन लाई जनता, कार्यकर्ता मुखी , बलियो र चलायमान बनाउनका लागी आफू सभापतिमा    लड्न लागेको साउदले  बताए ।  साथै साउदले रामारोशन गाउँपालिका सम्पुर्ण क्षेत्रीय प्रतिनिधि हरुलाइ आफुलाइ मत दिएर बिजयी गराउन अपिल समेत गरेकाछन ।

Leave a Reply