कांग्रेस क्षेत्र नं. २ को क्षेत्रिय सचिवमा युवा नेता पदम थ्यायतको उम्मेद्धारी घोषणा

कांग्रेस क्षेत्र नं. २ को क्षेत्रिय सचिवमा युवा नेता पदम थ्यायतको उम्मेद्धारी घोषणा

अछाम : नेपाली कांग्रेस क्षेत्र नं. २ को क्षेत्रिय सचिव पदमा पदम थ्यायतले उम्मेद्धारी घोषणा गरेका छन् । मंगलसेनमा आयोजित पत्रकार सम्मेलनमा उनले क्षेत्रिय सचिव पदमा उम्मेद्धारी घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस मंगलसेन नगरपालिका वडा नं. ७ को कार्यबाहक वडा सभापती भईसकेका थ्यायतले कांग्रेसको क्षेत्रिय संगठन बलियो बनाउन र जातियता तथा क्षेत्रियताको अन्त्य गर्नका लागि आफ्नो उम्मेद्धारी रहेको उद्घोष गरे ।

नेपाल बिद्यार्थी संघबाट आफुले राजनिति सुरु गरेको भन्दै उनले पार्टीलाई चलायमान बनाउन आफुले भमिका निर्वाह गर्ने बताए ।

Leave a Reply