कांग्रेस अछाम क्षेत्र नं. २ को प्रदेश सभा क का लागि युवा नेता खनालले उम्मेद्धारी

कांग्रेस अछाम क्षेत्र नं. २ को प्रदेश सभा क का लागि युवा नेता खनालले उम्मेद्धारी

अछाम । नेपाली कांग्रेस क्षेत्र नं. २ को प्रदेश सभा क का लागि युवा नेता तारा प्रसाद खनालले उम्मेद्धारी घोषणा गरेका छन् । यहि १२ गते हुने प्रदेश सभाको निर्वाचनमा प्रदेश सभा सभापती पदका लागि उम्मेद्धारी घोषणा गरेको बताए ।

२०५४ साल मा नेबि संघ बाट आफ्नो राजनिति यात्रा सुरु गरेका खनालले नेपाली कांग्रेसलाई बलियो र जनताको साझा पार्टी बनाउने खाका आफु संग रहेको भन्दै प्रदेश सभा सभापतीमा उम्मेद्धारी दिएको उल्लेख गरे ।

दन्द को अवस्थामा ५ बर्ष बिस्थापित भएका नेता खनाल नेपाली कांग्रेसको १२ औँ र १३ औँ महाधिवेशन पश्चात् क्षेत्रीय सदस्य भएका थिए ।

२०६४ सालको निर्वाचनमा साबिक बारला गाउँ बिकास समितिको प्रचारप्रसार समितिको संयोजक भै काम गरेको अनुभव उनि संग छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पञ्चदेवल बिनायक नगरपालिकाको वडा नं. ८ को वडाध्यक्षमा निर्वाचित कम्युनिष्टहरूको लाल किल्ला मानिने पंचदेवल विनायक नगरपालिका वडा नं. – ८ , बारलाको वडा अध्यक्षमा निर्वाचित भएर चार तारे झण्डा फहराउने एक कर्मठ युवा नेता ताराप्रसाद खनाल आफु संग समन्वय गरेर पार्टी संगठन निर्माण गर्न सक्ने क्षमता भएका दाबी र्गछन् ।

कर्मठ, इमानदार र प्रतिभाशाली नेता खनाल प्रतिपक्षी संग जुझ्न सक्ने क्षमता राख्दछ्न भने पार्टीको बलियो संगठन निर्माणका लागि सशक्त रुपमा लाग्ने भन्दै उम्मेद्धारी दिएको बताए ।

Leave a Reply