भवानी बक्स गण द्वारा मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैनमा बृक्षाराेपण

भवानी बक्स गण द्वारा मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैनमा बृक्षाराेपण

नेपाली सेनाको अछाम जिल्ला स्थित भवानी बक्स गण द्वारा मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैनको मालीका सामुदायिक बनमा विभिन्न प्रजातिका ११०० बढी बिरुवा रोपण गरिएको छ ।

मालिका सामुदायिक वनको खालि रहेकोे ठाउँ हरुमा बिरुवा रोपण गरिएको हो ।

 

नेपाली सेना वातावरण संरक्षणमा प्रतिवद्ध रहेकोले सम्पूर्ण सरोकारवाला तथा स्थानीयहरुको सहकार्य र सहयोगमा वृक्षारोपण तथा संरक्षण कार्यलाई सामूहिक अभियानको रुपमा अगाडी बढाउँदै आईरहेको छ । सोहि अनुरुप यो वृक्षारोपण अभियान नेपाली सेनाको मात्र नभई राष्ट्रिय अभियानको रूपमा लिइएको छ ।

नेपाली सेनाले “एक जवान एक विरुवा (फलफूलको बोट) रोपण अभियान” लागु गर्दै आइरहेको छ ।

बिरुवा रोपण कार्यक्रममा भवानी बक्स गण अछामका गणपति रित बहादुर राना भाट,  ,जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक तुल्सी राम अर्याल ,सहायक प्रमुख जिल्ला अधिकारी रन्जन प्रसाद तिमिल्सैना,  मंगलसेन नगरपालिका वडा नम्बर ६ का कार्यवाहक वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी लगायतको उपस्तिथि रहेकोे थियो ।

Leave a Reply