काङ्ग्रेस मंगलसेन न•पा ५ को नयाँ वडा कार्यसमिति लाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

काङ्ग्रेस मंगलसेन न•पा ५ को नयाँ वडा कार्यसमिति लाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

नेपाली काङ्ग्रेस मंगलसेन नगरपालिका वडा नम्बर ५ को वडा कार्यसमितिका पदाधिकारी हरुलाइ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

वडा कार्यसमितिका सभापति प्रेम भाटको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य रामबहादुर बिष्ट रहनु भएको थियोे ।

प्रमुख अतिथिको आसन बाट बोल्दै बिष्टले
राम बहादुर बिष्टले वडा कार्यसमितिका सम्पुर्ण नवनिर्वाचित पदाधिकारी हरुलाइ बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

 

वडामा पार्टीको संगठन बलियो, संगठन सुदृढ , काङ्ग्रेस लाई चलायमान र युग सुहाउँदो आधुनिक काङ्ग्रेस बनाउने गरि नयाँ कार्यसमितिले महत्वोपुर्ण भुमिका खेल्न आग्रह गर्नु भयो ।

साथै वडाको नयाँ कार्यसमितिले वडामा काङ्ग्रेस  पार्टीभित्र देखिएका समस्या समाधान गर्दै अगाडि बढ्नु पर्ने र पार्टी भित्रका हरेक नकारात्मक प्रवृत्तिलाई हटाउँदै संस्कारगत राजनीति बनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा पुर्व पार्टी सभापति  पुष्प बहादुर शाह ,कर्ण बहादुर केसी , उपसभापति नयाँराम बजगाइ,महासमिति सदस्य बलबहादुर कुवर ,महाधिवेशन अन्जु मल्ल ,पुर्व पार्टी सचिव राम बहादुर शाही ,जिल्ला कार्यसमिति सदस्य पुर्ण भाट,हरिप्रसाद ढुंगाना ,पुर्व जिल्ला कार्यसमिति सदस्य कम्मान सिंह नगार्जी,बिष्णु खड्का ,काङ्ग्रेस नेता टक्कर ताम्राकार , हिरण्ड बोहरा ,  अनिल बिष्ट ,जिपि कोइराला फाउन्डेसन अछामका अध्यक्ष यज्ञ प्रसाद ढुङ्गाना,नेपाल विद्यार्थी संघ पुर्व केन्द्रिय सदस्य बिपि रेग्मी ,नेपाल प्रेस युनियन अछाम शाखाका सचिव सुशील भण्डारी,नेपाल किसान संघका कार्यवाहक अध्यक्ष सहदेब ढुंगाना  लगायतको उपस्तिथि रहेकोे थियो । कार्यक्रमको संचालन महिला नेतृ अमृता उपाध्यायले गर्नु भएको थियो ।

 

 

 

 

Leave a Reply