तुर्माखाँद गा.पा. ४ को नवनिर्मित भवनको उद्घाटन
तुर्माखाँद गाउँपालिका वडा न ४ को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । दुईतले भवनको निर्माण कार्य सम्पन्न भएपछि शुक्रबार एक कार्यक्रमको आयोजना गरि भवनको उद्घाटन गरिएको हो ।
स्थानीय सरकारको ९१ लाखको लगानीमा भवनको निर्माण कार्य सम्पन्न भएको वडा कार्यालयले जनाएको छ। वडा न ४ अध्यक्ष कबिराम बयकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा तुर्माखाँद गाउँपालिका अध्यक्ष पुस्पराज शर्मा प्रमुख अतिथि रहनु भएको थियोे । कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले आफुले ५ बर्षको अवधिमा चुनावको समयमा जनता माझ गरेका प्रतिबद्धता अनुसार नै काम गरेको बताउनुभयो ।
आफुले अनावश्यक रूपमा प्रतिबद्धता नजनाएको भन्दै उहाले अध्यक्षले गर्न सक्ने काम मात्रै जनता माझ बोलेकाले सोही ढंगले पालिकामा काम गरेको बताउनुभयो । आफ्नो अवधिमा जिल्लाकै विकट मानिएको साविकको रहफ गाविसमा सडक संञ्जाल जोडिएको, दुईवटा वडाका नागरिकलाई प्रमुख जिल्ला अधिकारी गाउँमै लगेर नेपाली नागरिकता वितरण गरिएको , वडा न ३ को भैरवस्थानमा सेलगाडी लिफ्ट सिस्टम बाट पानी तानेर स्थानीयलाई पानी खुवाउने काम समेत आफुले गरिसकेको अध्यक्ष शर्माले कार्यक्रममा जानकारी गराउनु भएको थियोे ।
वडा न १ र २ मा सडक संञ्जाल जोडी सकेकाले अबको केही दिनमै बृहत कार्यक्रमका बिच उद्घाटन गरिने बताउनुभयो । भौगोलिक रूपमा जिल्लामै विकट मानिएको तुर्माखाद गाउपालिका विद्युत बिस्तारको काम समेत तिब्र रूपमा भईरहेको भन्दै अध्यक्ष शर्माले अबको केही दिनमै पालिकाको केन्द्रमा विद्युत बालिसक्ने दाबी गर्नुभएको छ । पालिकाका विभिन्न स्थानीय नदिहरूमा दर्जन भन्दा बढि झुलुङ्गे पुल निर्माण भएका जानकारी गराउदै शर्माले यसले स्थानीयलाई आवतजावतमा निकै सहज भएको बताउनुभयो । आफुले पालिकामा एक पैसा पनि हिनामिना नगरेको दाबी गर्दै अध्यक्ष शर्माले आगामी दिनमा पदमा रहेपनि नरहेपनि तुर्माखादको विकासका लागि प्रतिबद्ध भएर कामगर्ने बताउनुभयो ।
भवन उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट बोल्दै गाउँपालिका उपाध्यक्ष अमृता बुढाले आफुले महिला र पछाडि परेका समुदायको क्षेत्रमा राम्रो काम गरेको दाबी गर्नुभएको छ । आफुले जनाएको प्रतिबद्धता अनुसार नै आफ्ना गतिविधि अगाडि बढाएकाले यसपालि पनि लक्षित बर्गलाई मध्यनजर गर्दै महिला स्वास्वयमसेविबा संग उपाध्यक्ष कार्यक्रम संञ्चाला गर्ने योजना रहेको समेत बताउनुभयो ।
कार्यक्रममा वडा न ५ का अध्यक्ष तुलाराम जैसी, ६ का अध्यक्ष मुक्ति नाथ उपाध्या, ७ का अध्यक्ष रतन चलाउने , ८ का अध्यक्ष चक्र प्रसाद धमाला, पुर्व गाविस अध्यक्षहरू बिष्णु शाही , कर्ण बहादुर बुढा, उदयराम बिष्ट , नेकपा एमालेका जित बहादुर शाही , काग्रेसका प्रताप शाही , माओवादी केन्द्रका मन बहादुर बयक, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढा, ८ वटै वडा अध्यक्ष , रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा, सडक मिडियाका प्रमुख सुशील प्रसाद भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियोे । वडा सदस्य गगने बयकको स्वागत मन्तव्य बाट सुरूभएको कार्यक्रमको संञ्चालान तपेन्द्र जैसी र एकेन्द्र बयकले गर्नुभएको थियोे ।