सर्वाधिक मतका साथ जिल्ला कार्यसमिति सदस्यमा भण्डारी र भाट निर्वाचित

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपाली काङ्ग्रेस अछामको जिल्ला अधिवेशन जिल्ला कार्यसमिति सदस्यमा सर्वाधिक मत ल्याएर गोकुल भाट र जनकराज भण्डारी निर्वाचित भएकाछन ।
नेपाली काङ्ग्रेस साफेबगर नगरपालिकाका पुर्व नगर कार्यसमिति सभापति समेत रहेका गोकुल भाटले जिल्ला कार्यसमिति सदस्य खुल्ला तर्फ ५ सय ७३ मत ल्याएर प्रथम स्थानमा निर्वाचित भएका हुन् । त्यस्तै मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समेत रहेका जनकराज भण्डारीले ४ सय ७८ मत ल्याएर दोस्रो स्थानम बिजेता भएका छन् । त्यस्तै निर्वाचित हुनेमा अन्य सदस्य हरुमा कमल खनाल ,राम बहादुर शाह ,हिरण्ड बोहरा ,कृष्ण बहादुर खड्का रहेकाछन ।६ जना खुल्ला सदस्यको लागि भएको निर्वाचनमा २१ जना उम्मेदवार चुनावी मैदानमा होमिएका थिए ।