“घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान अछामको मंगलसेन बाट सुभारम्भ
सुशील भण्डारी ,अछाम:नेपाली कांग्रेसले आजदेखि देशभर चुनावी अभियान सुरु गरेको छ । सोही अवशरमा नेपाली काङ्ग्रेस अछामले पनि पार्टी कार्यालय अछाम बाट एक कार्यक्रमको आयोजना गरि अभियान सुरु गरेको हो ।
घर घर जाऔं ,काङ्ग्रेस जिताऔं भन्ने मुल नाराका साथ अभियानको नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि सिता रानाले उद्घाटन गर्नुभएको छ ।
चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने प्रमुख अतिथि रानाले बताउनु भयो ।
कांग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महत्त्वपूर्ण विषयलाई नागरिकसमक्ष पुर्याउने उनले बताइन।
स्थानीय तहको चुनावको लागि माहोल बनाउने लगायत आठवटा मुद्दामा अभियान केन्द्रित हुने छ । वैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरेर कांग्रेसले एक महिने अभियान सुरु गर्न लागेको काङ्ग्रेसले जनाएको छ ।
नेपाली काङ्ग्रेस अछामका सभापति पुष्प बहादुर शाहको सभापतित्वमा भएको कार्यक्रमका विशिष्ट अतिथि नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश सहमहामन्त्री अम्बिका चलाउने ,पुर्व सांसद अक्कल बहादुर बिष्ट रहनु भएको थियो ।
कार्यक्रममा पार्टी उपसभापति नयाँराम बजगाइ,अछाम क्षेत्र नम्बर २ क्षेत्रीय सभापति पुष्प राज शर्मा ,जिल्ला पार्टी सचिव प्रकाश साउद ,सहसचिव दिनेश स्वार,गोबिन्द बिष्ट ,महासमिति सदस्य बलबहादुर कुवर ,पदमराज अधिकारी ,नृप साउद ,सुरत बिस्ट,अन्जु मल्ल ,भुमीशरण बजगाइ,भगवती खनाल, महाधिवेशन प्रतिनिधि यज्ञ ढकाल,नम बहादुर शाह ,कृष्ण ढकाल ,मिरा खड्का लगायत नेताकार्यकर्ता हरुको उपस्थित रहेकोे थियो ।
पार्टी उपसभापति चन्द्र प्रसाद ढुंगानाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन पार्टी सचीव टक्कर शाहले गर्नु भएको काङ्ग्रेस अछामका जिल्ला कार्यसमिति सदस्य जनक राज भण्डारीले जानकारी दिए ।
अभियानको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरेको छ