सम्पत्ति छानविनको सुरुवात मेरैबाट गरियोस्ः उपसभापति गुरुङ
काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भ्रष्टाचारविरुद्ध अभियान चलाउन माग गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उपसभापति गुरुङले स्थानीय तहको निर्वाचन र अन्य निर्वाचनहरुमा धेरै सिट जित्नका लागि भ्रष्टाचारविरुद्ध अभियोन चलाउनुपर्ने बताएका हुन् ।
उनले २०४६ सालपछिका गाविस अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका मेयर, उपमेयरदेखि सांसद मन्त्री, प्रधानमन्त्री, उच्च पदका कर्मचारी,सेना प्रहरी, न्यायाधीशलगायत सबैको सम्पति छानबिन गर्न माग गरेका हुन् ।
‘२०४६ सालपछिका गाविस अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका मेयर, उपमेयरदेखि सांसद मन्त्री, प्रधानमन्त्री, उच्च पदका कर्मचारी, सेना प्रहरी, न्यायाधीश सबैको सम्पत्ति छानवीन गरेर मुलुकमा व्याप्त भ्रष्टाचारबिरुद्ध अभियान चलाऔं । तब कांग्रेस जित्छ । सम्पत्ति छानविनको सुरुवात मेरैबाट गरियोस्,’ उनले भने ।