अध्यक्ष शर्मा द्वारा जिल्लाकै बिकट तुर्माखाद -भुलु सडकको उद्घाटन

जिल्लाकाे तुर्माखांद गाउँपालिकाकाे सदरमुकाम देखि वडा नम्बर २ जाेड्ने भैरवस्थान भुलु रहफ सडक खण्ड अन्तर्गत (तुर्माखांद-भुलु) सडककाे निर्माण कार्य सम्पन्न भएपछि आज एक औपचारिक कार्यक्रमका बिच तुर्माखांद गाउँपालिकाका अध्यक्ष पुष्प राज शर्माले उद्वघाटन गर्नुभएको हाे ।
जिल्ला सदरमुकाम बाट निकै नै विकट रहेको भुलुमा पहिलो पटक गाडी पुग्दा स्थानीय निकै नै खुशी भएकाछन ।
सडकको उद्वघाटन गर्नुहुदै अध्यक्ष शर्माले गत निर्वाचनकाे बेला जनताका सामु आफुले यहाँका नागरिकलाई सडककाे पहुँचमा पुर्याउने बाचा आफ्नै कार्यकालमम पूरा गर्नपाउदा खुसि महशुस भएको समेत बताउनुभयो ।
अध्यक्ष शर्माले गत चुनावाताका बेला जब सम्म भुलु रहफमा गाडी पुग्दै तबसम्म आफू गाउँपालिकाले गाडी नकिन्ने घोषणा गरेका थिए । भुलु रहफका जनताले पहिले गाडी चढ्न पाउनु पर्यो त्यसपछि गाउँपालिकाले खाडी खरिद गर्ने उनले जनता माझ बोलेका थिए । भुलु बासिलाइ दिएको आश्वासन पुरा गरेको भन्दै स्थानीयले अध्यक्ष शर्मा लाई धन्यवाद समेत दिए । कार्यक्रममा नेकपा ऐमाले , नेपाली कांग्रेस ,नेकपा माआेवादि केन्द्र लगाएतका राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी ,बुद्धिजीवी लगाएत स्थानीय हरुकाे सहभागिता रहेकाे थियाेे ।