भाइरल बनाइएको यो तस्विर भारतको हेलिकप्टर दुर्घटनाको हो
पोखरा : पोखराबाट मुस्ताङ उडेको तारा एयरको सम्पर्कबिहीन भएको छ । तारा एयरको नाइन एन- एइटी कल साइन भएको ट्वीनेटर जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको थियो।
विमानको खोजिकार्य भइरहेको बेला सामाजिक संजालमा भने एउटा तस्विर भाइरल बनाइएको छन् । जुन तस्विर तारा एयरको विमान दुर्घटनाको नभएर केहि समय अगाडी भारतको तामिलनाडूमा भएको हेलिकप्टर दुर्घटनाको हो । जसलाई सामाजिक संजाल प्रयोगकर्ता र केही अनलाइन मिडियाले भ्रामक खबर फैलाएका छन् ।
यता सम्पर्क विहिन रहेको तारा यिरको विमान फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जहाजमा दुई जर्मनी नागरिक, चार भारतीय र बाँकी १३ जना नेपाली नागरिक रहेको नागरिक उड्डयन कार्यालय पोखराका एक अधिकारीले जानकारी दिए।
जहाजमा तीनजना चालक दलका सदस्यसहित २२ जना थिए। जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। अहिले नेपाली सेनाको एक र एउटा निजी कम्पनीको हेलिकप्टर परिचालन गरि जहाजको खोजीकार्य भइरहेको छ।