मानव अधिकार तथा शान्ति समाज अछाम द्वारा बिरामी हरुलाइ फलफुल बितरण

मानव अधिकार तथा शान्ति समाज अछाम द्वारा बिरामी हरुलाइ फलफुल बितरण

मानव अधिकार तथा शान्ति समाज अछामले जिल्ला अस्पताल अछाममा फलफुल बितरण गरेको छ ।

मानव अधिकार तथा शान्ति समाजको २६ औ स्थापना दिवसको अवसरमा समाजले जिल्ला अस्पताल अछाममा भर्ना भएका बिरामी हरुलाइ फलफूल बितरण गरेको छ ।

फलफुल बितरण कार्यक्रममा समाजका केन्द्रिय सचिव मदन कुवर ,जिल्ला सभापति पदम बहादुर शाह ,तरुण दल अछामका अध्यक्ष जङी जनार्दन बिष्ट ,समाजसेवी नबिन्द्र राज जोशी,डाक्टर अतुल भारद्वाज लगायतको उपस्थित रहेकोे समाजका उपसभापति सुशील भण्डारीले जानकारी दिए।

विसं २०५३ जेठ १९ गते स्थापित समाजले स्थापना दिवसका सन्दर्भमा देश भर विभिन्न कार्यक्रमको आयोजना गरेको हो । समाजले विभिन्न सामाजिक तथा रचनात्मक कार्य हरु गर्दै आइरहेको छ ।

Leave a Reply