अछाम घटनाको सत्यतथ्य छानबिन गर्न दलहरूको माग, आरोप पुष्टी गर्न एमालेलाई कांग्रेसको चुनौती

अछाम घटनाको सत्यतथ्य छानबिन गर्न दलहरूको माग, आरोप पुष्टी गर्न एमालेलाई कांग्रेसको चुनौती

सडक समाचारदाता: अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा मृत भेटिएका १६ वर्षीय विनोद शाहीको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न राजनीतिक दलहरूले माग गरेका छन्।

जिल्लास्थित प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरि घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथि कारबाही र पीडितलाई न्याय दिन माग गरेका हुन्।

नेकपा एमालेले शाहीको हत्या प्रहरी प्रशासनको बलमा नेपाली कांग्रेसका कार्यकर्ताहरूबाट भएको आरोप लगाएको छ भने नेपाली कांग्रेसले उक्त आरोपको खण्डन गरेको छ। नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति पुष्प बहादुर शाह द्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ नेकपा एमाले जिल्ला कार्यसमिति अछाम द्वारा राजनीति पुर्वाग्रह राखी नेपाली काङ्ग्रेसका नेताकार्यकर्ता हरुलाइ छानी छानी फसाउने र झुटा मुद्दा  लगाउने गलत नियतले प्रकाशित प्रेस बिज्ञप्तिमा समेत हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जनमानसमा भ्रम शृजना गर्ने उदेश्यले उक्त बिज्ञप्तिमा २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको क्रममा अछाम जिल्लाको विभिन्न स्थानहरुमा नेपाली काङ्ग्रेसको तर्फबाट व्यापक गुण्डागर्दी ,हिंसात्मक आक्रमण हुनुका साथै बुथ कब्जा गर्ने जस्ता अलोकतान्त्रिक क्रियाकलाप भएका थिए भनी नेपाली काङ्ग्रेस पार्टीको बदनाम गर्ने प्रयास भएकोमा हामी उक्त गलत र भ्रामक आरोपको जोडदार खण्डन गर्दछौ र सो आरोप पुस्ठी गर्न चुनौती समे दिन चाहान्छौ ।

पाँच दिनदेखि हराइरहेका शाहीको शव गाउँकै भीरमा जेठ २१ गते भेटिएको थियो। न्याय माग्दै मृतकका आफन्तले लगातार विनायकमा आन्दोलन गरिरहेका छन्। शव पनि उठ्न सकेको छैन।

                    एमालेको विज्ञप्ति                             कांग्रेसको  विज्ञप्ति 

Leave a Reply