तोलीबाट कृषि क्रान्ती सुरु गर्छुँ : वडा अध्यक्ष रावल
अछाम: जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ६ तोलीका वडा अध्यक्ष कमल रावलले कृषि क्षेत्रलाई प्राथामिकता दिएका छन ।
कृषि क्षेत्रको आधुनिकिकरण सरकारको निति तथा कार्यक्रम, पार्टीका घोषणापत्र र नेताका भाषणमा सिमित रहेका बेला अध्यक्ष रावलले कृषि क्रान्तीको संकेत देखाएका छन ।
आफु वडामा निार्वाचित भएदेखि हाल सम्म विभिन्न संघ संस्थाहरुको सहयोगमा करिब २ सय जना कृषकहरुलाई कृषि सामाग्रीका साथै विभिन्न विउ विजन र बोट विरुवा तिरण गरेको बताए ।
बुधबार पनि विभिन्न समुहमा रहेका कृषकहरुलाई पलाष्टिक टनेल बितरण गरेको रावलको भनाई छ ।
सामाजिक सेवा केन्द्र सोसेक नेपाल र वाक नेपालको सहयोगमा विपन्न परिवारका लागी कृषि सामाग्री हस्तारण गर्ने कार्यक्रलाई निरन्तरता दिईने अध्यक्ष रावलले बताए ।
कमल रावल २०७९ सालको स्थानीय तह अन्र्तगत नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन ।ठुलो संख्यामा युवाहरु कामको खोजीमा बिदेशिएका छन्, धेरै परिवारहरु बसाईसराई गरेका छन्, अधिकांश आकासको भरमा रोपाई हुने जमिनहरु बाँझिने क्रममा छन् । देशको करीब दुई तिहाई जनसंख्याको जिबिकोपार्जनसँग जोडीएको कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसक्दा पछाडी परिराखेको छ ।