पार्टी भित्रकाे मतभेदलाई अन्त्य गर्नुपर्छ : काङ्ग्रेस केन्द्रिय सदस्य डा. रावल

अछाम,१० भदाै ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.रणबहादुर रावलले पार्टी भित्रकाे मतभेदलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिले आयाेजना गरेकाे “जनताकाे साथमा कांग्रेस”अभियानकाे उद्घाटन गर्न अछाम पुगेका केन्द्रीय सदस्य डा. रावलले साे कुरा बताएका हुन् ।
पार्टी भित्र आन्तरिक निर्वाचनमा मत भिन्नता भएकाे हुन सक्ने बताउदै केन्द्रीय सदस्य डा.रावलले ती मतभेदलाई अन्त्य गर्नु पर्नेमा उनले जाेड दिए ।
नेपाली कांग्रेसले देश ब्यापीरुपमा शुक्रवारदेखि संचालन गरेकाे “जनताकाे साथमा कांग्रेस”अभियानकाे अछाम जिल्लाकाे लागि केन्द्रीय प्रतिनिधिकाे रुपा खटिएका केन्द्रीय सदस्य डा.रावल अछाम जिल्लाका कांग्रेस नेता तथा कार्यकर्तालाई जनताकाे घर-घरमा गई जनताका गुनासा सुन्न समेत निर्देशन दिए ।
केन्द्रीय सदस्य डा.रावलले पार्टीकाे अभियान सफल बनाउन अछामका हरेक टाेल-टाेलमा पुग्न जिल्ला स्थित विभिन्न पार्टीपंक्तिलाई अनुराेध गरे ।
जिल्ला,क्षेत्र र प्रदेश क्षेत्रिय कार्य समितिलाई गाेप्यरुपमा अनुगमन समिति बनाउन निर्देशन दिदै केन्द्रीय सदस्य डा.रावलले पार्टीकाे अनुशासन उलङ्गन गर्नेकाे लेखाजाेखा राख्न पर्नेमा समेत उनकाे भनाई छ ।
यस्तै साेही कार्यक्रममा बाेल्दै केन्द्रीय सदस्य डा.रावलले केपी शर्मा ओलीले संविधान कुल्चिने र देशलाई भड्खालाेमा पार्न खाेजेकाे उदाहरण दिदै यस्ता सबै खाले अराजक गतिबिधि अन्त्य गर्न गठवन्धन अनिवार्य भएकाे बताउदै गठवन्धनका सहयात्रीहरुकाे मानमर्दन नगर्न समेत उनकाेद भनाई छ ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका केन्द्रीय सदस्य डा.रावलले अछाम जिल्लाकाे विकासमा आफुसधै तयार रहेकाे बताए ।
यस्तै साेही कार्यक्रममा बाेल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलकी सचेतक अम्बि थापाले अछाम जिल्लामा नेपाली कांग्रेसले आगामी निर्वाचनमा महिला उम्मेदवारलाई अगाडि सान्नु पर्ने धारणा राखिन् । कार्यक्रममा अछाम जिल्लाका ३४जना नेपाली नेपाली कांग्रेसका नेताहरुले आफ्नाे धारणा राखेका थिए ।
“जनताकाे साथमा कांग्रेस”अभियानकाे उद्घाटन समाराेह नेपाली कांग्रेसका जिल्ला सभापति पुस्पबहादुर शाहकाे सभापतित्वमा भएको कार्यक्रममा
निवर्तमान पार्टी सभापति भरत कुमार स्वार, लगायत नेताकार्यकर्ताको उपस्तिथि रहेकोे हरुको उपस्तिथि रहेकोे थियो ।