हिन्दुराष्ट्रको एजेन्डा बोक्न नेबि संघका नेता शाहले घोषणापत्र समितिलाई पठाए सुझाव

हिन्दुराष्ट्रको एजेन्डा बोक्न नेबि संघका नेता शाहले घोषणापत्र समितिलाई पठाए सुझाव

काठमाडौं असोज ११: नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले कांग्रेसले हिन्दु राष्ट्रको एजेन्डा बोकेर देशलाई पुन हिन्दुराष्ट्र बनाउनु पर्ने बताएका छन। आज नेपाली कांग्रेसको घोषणा पत्र समितिलाई इमेल सामाजिक संजाल मार्फत सुझाव दिदै उनले हिन्दु राष्ट्र नेपालको पहिचान भएको भन्दै यसलाई जोगाउन धर्म निरपेक्षता खारेज गर्नु पर्ने जिकिर गरे। संबिधान जारी हुनु भन्दा अगाडी देशभरबाट संकल गरिएको सुझावमा नेपाललाई धर्म निरपेक्ष मुलुक होइन हिन्दु राष्ट्र बनाउन अधिकांश नेपाली जनताले दिएको सुझाव रद्दी टोकरीमा फ्यालेर संबिधान जारी भएको भन्दै त्यसलाई कांग्रेसलेनै सच्याउनु पर्ने तर्क उनले गरेका छन। नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले कांग्रेस घोषणा पत्र समितिलाई दिएको सुझावको पुर्ण अंश यस्तो छ:
??कांग्रेस घोषना पत्र समितिलाई मेरो सुझाव??
नेपाली कांग्रेसको घोषणा पत्र निर्माण समितिमा रहेका सम्पुर्णलाई मेरो तर्फबाट जय नेपालको न्यानो अभिवादन छ। नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत दिलाउने हेतुले घोषणा पत्र निर्माणमा जुटेका सम्पुर्ण नेताहरु समक्ष म मेरो सटिक सुझाव पेस गर्दैछु। नेपाल भनेको पुर्विय दर्शन र हिन्दु सभ्यताको उद्गम थलो हो, हामिलाई बिश्वका अधिकांश मुलुकले पशुपतिनाथ,मुक्तिनाथ र स्वयम्भूनाथको देश भनेर चिन्छन भन्ने कुरामा दुईमत छैन। सनातन हिन्दु सभ्यतालाई मान्ने र हिन्दु परम्परालाई अनुसरण गर्ने दुई तिहाई भन्दा पनि बढि जनता यो देशमा बसोबास गर्दै आएकोपनि सत्यनै हो। यहि सन्दर्भमा राजाको संबैधानिक कुका बिरुद्ध गरिएको २०६२/६३ को दोश्रो जनआन्दोलन पश्चात् भारतको राजधानी नयाँदिल्लीमा गरिएको बार बुदे सम्झौतामा पनि नभएको धर्म निरपेक्षताको कुरा नेपालको अन्तरिम संबिधानमा २०६३ मा जनआन्दोलन २०६२/६३ को मर्म बिपरित एकाएक ब्यबस्था गरेर नेपालको पहिचानलाई समाप्त पार्दै नेपाललाई धर्म निरपेक्ष मुलुक घोषणा गरियो, त्यो आम नेपाली जनतालाई अस्वीकार्य छ। नयाँ संबिधान जारी गर्दा अन्तरिम संबिधानमा भएका त्रुटिहरु सच्याउने र संबिधानमा जनताले के चाहेका छन त्यो ब्यबस्था गर्ने भन्दै जनताबाट निर्वाचित सांसदहरु नेपालको संबिधान २०७२ जारी हुनु भन्दा अगाडी सुझाव संकलन गर्ने भन्दै देशभर पुगे र देशभर बाट नेपाललाई धर्म निरपेक्ष मुलुक होइन हिन्दु राष्ट्र बनाउनु पर्ने भन्दै अधिकांश नेपाली जनताले दिएको सुझाव बोकेर संसद भवनमा आए तर जनताले दिएका ति सुझावहरुलाई रद्दीको टोकरीमा फ्यालेर अन्तरिम संबिधानमा भएको धर्म निरपेक्षतालाई नयाँ संबिधानमा निरन्तरता दिने जुन काम गरियो त्यो काम जनचाहना बिपरित काम थियो। अब नेपाली कांग्रेसले साच्चिकै ठुलो दल बन्ने र नेपाली जनताको भावना बोक्ने दल बन्ने हो भने संबिधान जारी हुँदा नेपाली जनताले दिएका ति सुझावहरुलाई समेट्दै नेपाललाई नेपालको पहिचान रक्षाका निम्ति धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र कायम गर्छौ भनेर घोषणा पत्रमा समेट्न म घोषणापत्र समितिमा यो आफ्नो सुझाव पेस गर्छु।
जय नेपाल!

Leave a Reply