अछाम बासिको माया र सद्भावलाई कहिल्यै बिर्सने छैन : प्रजिअ पाण्डे

अछाम बासिको माया र सद्भावलाई कहिल्यै बिर्सने छैन : प्रजिअ पाण्डे

अछामका  प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेले अछाम बासीको माया र सद्भावलाई कहिल्यै नबिर्सने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय अछामले आयोजना गरेको फेरि भेटौला कार्यक्रममा बोल्दै प्रजिअ पाण्डेले आफुले छोटो समय भए पनि अछामी जनताको सेवा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो ।  यो अवधिमा जिल्लास्थित राजनीतिक दल, संघसंस्था, नागरिक समाज, कार्यालय प्रमुखहरु साथै सम्पूर्ण कर्मचारी सहित सम्पुर्ण  मिडियाबाट समेत आँफूले सहयोग पाएको बताउनुभयो । व्यक्तिगत स्वार्थ नराखी काम गर्दा जोकोहीलाई पनि सहज हुने भन्दै पाण्डेले व्यक्तिगत आचरण, आर्थिक पारदर्शिता र सक्षम नेतृत्वका कारण जुनसुकै क्षेत्रबाट पनि सफलता प्राप्त गर्न सकिने आफ्नो अनुभव रहेको बताउनुभयो । साथै  उहाँले अछामबासिको माया र सद्भावलाई सधैं मानसपटलमा रहिरहने बताउनुभयो । प्रजिअ पाण्डे ५ महिना आगाडी अछामको  प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियो । अहिले उहाँको गृह मन्त्रालयमा सरुवा भएको हो । फेरि भेटौला कार्यक्रम मार्फत आयोजना गरिएको विदाई समारोहमा वक्ताहरूले प्रमुख जिल्ला अधिकारी पाण्डेले प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचन-२०७९, जिल्लाको शान्ति, सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रूपान्तरण, विपद व्यवस्थापन, समन्वय सहजीकरण, सदाचार र आर्थिक अनुशासनस्थिती मजवुत बनाउनमा भएको प्रयास सराहनीय रहेको बताएका थिए । वक्ताहरूले विकास निर्माणमा सम्बन्धित सरोकारवाला पक्षसँग समन्वय तथा सहजीकरणको शुरुवात भएको भन्दै अझै सार्थक र प्रभावकारी बनाउन निरन्तरता दिनु पर्ने बताएका हुन् । उक्त कार्यक्रमा भवानी बक्स गण अछामका गणपति बिमल वाग्ले, सम्पुर्ण कार्यालय प्रमुख हरुको तर्फबाट सिचाइ विकास डिभिजन कार्यालय अछामका प्रमुख खेमराज रेग्मी , पत्रकार सुशील भण्डारी लगायतले शुभकामना व्यक्त गरेका  थिए । कार्यक्रमको संचालन जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत मिनराज आचार्यले  गर्नुभएको थियो ।

Leave a Reply