राष्ट्रपतिमा रामचन्द्रको पक्षमा सहमति भइसकेको माओवादीको दाबी
शुसिल भण्डारी
फाल्गुन १२, २०७९ १५:०५:४९ • ४८८ पटक पढिएको
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा आज साँझसम्म सहमति जुट्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि उनले आज साँझ ५ बजे बस्ने बैठकमा सहमित जुट्ने बताएका हुन् ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलेको नाममा सहमति भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, “पक्कै पनि त्यही हो ।” साँझ बस्ने बैठकले सहमतिलाई औपचारिकता मात्रै दिने उनको भनाइ छ ।
आज ५ बजे नेपाली कांग्रेससहितको पाँच दलको बैठक बस्दै छ ।
सिफारिस