अछाम प्रशासन द्वारा बजार अनुगमन तिब्र, उपभोक्तालाई सचेत रहन प्रशासकीय अधिकृत आचार्यको आग्रह

अछाम प्रशासन द्वारा बजार अनुगमन तिब्र, उपभोक्तालाई सचेत रहन प्रशासकीय अधिकृत आचार्यको आग्रह

जिल्ला प्रशासन कार्यालय अछामले  बजार अनुगमन लाई तिब्रता दिएको छ । मंगलबार  बयालपाटा बजार क्षेत्रको अनुगमन गरेको छ । प्रशासन कार्यालय अछाम र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलिले साँफेबगर नगरपालिका वडा नम्बर ८ स्थित बयालपाटा बजार क्षेत्रमा अनुगमन गरेको  हो ।

अनुगमन गरिएका अधिकांश पसलमा मूल्य सूचि टाँस नगरेको, साइन बोर्ड नराखेको, पसलको अगाडी अत्याधिक फोहोरमैला भएको, म्याद गुज्रेको सामान भेटिएको जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत मीनराज आचार्यले बताउनुभयो ।  यस्ता ब्यवसायीहरुलाई तत्काल सुधार गर्न प्रतिवद्धता गराई सुझाव दिईएको प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो   ।

चिउरा, नम्कीन, चाउमीन मसला, सश, चकलेट, चिसो, सोयाबिन लगायत म्याद गुज्रेको खाद्यान्न सामाग्री  बरामद गरिएको हो । किराना पसलमा भेटेनरीको २० प्याकेट औंषधी समेत भेटिएको  थियो  । स्थानीय उपभोक्तालाई झुक्याएर उक्त खाद्य बस्तुको विक्री वितरण बढी हुने गरेको पाईएको अधिकृत आचार्यले बताउनुभयो ।

अनुगमनको क्रममा उपभोक्ता हरुलाइ पसलबाट प्याकिङ गरिएका खाद्य वस्तु खरिद गर्दा म्याद हेर्न नछुटाउने र म्याद गुज्रिएका बस्तुको प्रयोग नगर्न नगराउन आग्रह गर्नुभयो।

Leave a Reply