१५ वर्षमा कमाए अकुत सम्पत्ति, अर्बपति अमरेशको कहाँ कहाँ छ लगानी ?
तँ उद्योग खोल्लास्, ऊ पार्टी खोल्छ,
तँ बैंक ऋण खोज्लास्, ऊ चन्दा–फिरौती लिन्छ ।
तँ मजदुर भर्ना गर्लास्, ऊ कार्यकर्ता भर्ना गर्छ ।
तँ सामान बनाऊँ भन्लास्, ऊ देशै बनाऊँ भन्छ ।
ए बाबु, कुरो बुझ है, उद्योग नखोल, पार्टी खोल ।
आज भन्दा २० वर्ष अगाडि कृष्णमुरारी गौतमले लेखेको यो कविताको अंशलाई जसले व्यंग्य मात्र ठाने, उनीहरु अहिले पनि सडकमा लखर लखर छन् । ऋणले चुर्लम्म डुवेका छन् । जसले गुरुमन्त्र ठाने । उनीहरु राजनीतिक व्यवसाय गरेर छोटो समयमा अर्बपति पनि बनेको छन् ।
राजनीतिमा लागेर छोटो समयमै अर्बपति बनेका पात्रमध्ये एक जना हुन् –‘अमेरश कुमार सिंह ।’ नेपालमा नेवार व्यापारीहरुले १२ पुस्तासम्म उद्योग व्यवसाय गर्दा कमाउन नसकेको सम्पत्ति, नेपालमा मारवाढीहरुले ४ पुस्तादेखि उद्योग कलकारखाना संचालन गरेर कमाउन नसकेको सम्पत्ति अमरेश कुमार सिंहले १८ वर्षमै राजनीति गरेर कमाई दिए ।
अमरेश कुमार सिंह राजनीतिमा किन लागे ? राजनीतिमा लागेको छोटो अवधिमै के कसरी अर्बपति बने ? भन्ने विषय बस्तुमा कुनै फिल्म बनाउने हो भने निकै चल्छ । किनकी उनको राजनीतिमा आगमन तथा सम्पत्ति आर्जन फिल्मी शैलैकै छ ।
सबै पेशा वा व्यवसाय असफल भएपछि २०६३ सालमा ३४ वर्षको उमेरमा अमरेशकुमार सिंहले राजनीति सुरु गरेका हुन् । नेपालमा २०६२ –२०६३ सालको आन्दोलन हुँदा उनी दिल्लीमा होम ट्युसन पढाउँदै र पढ्दै गर्थे । त्यही बेला उनले सी ग्रेडका केही भारतीय नेता र नेपालका केही माओवादी नेतासँग सम्पर्क बढाए ।
राजाको सक्रीय शासनका बेला संसदवादी दलका केही नेताहरु पनि स्वदेशमा बस्न नसक्ने अवस्था बन्यो । उनीहरु दिल्लीमा गए । अमरेशकुमार सिंहका बंगालीमूलका एक जना साढुभाई भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीका मान्छे थिए । उनैलाई प्रयोग गरेर अमरेशले माओवादी नेता र भारतीय कम्यूनिष्ट पार्टीका नेताबीच चिनजान गराई दिए । एमालेका नेताहरुसँग पनि चिनजान गराई दिए ।
संयोगले दिल्लीमा संसदवादी दल र माओवादीवीच १२ बुँदे सम्झौता भयो । चतुर अमेरश कुमार सिंहले यो सम्झौता आफूले गराइदिएको भन्न थाले । माओवादी, एमाले र कांग्रेसका सी ग्रेडका कतिपय नेताहरुले विश्वास पनि गरे । किनकी स्कुल पढ्दादेखि नै नाटकको क्षेत्रमा अमेरश कुमार सिंश खप्पिस थिए ।
एक जना साप्ताहिक पत्रिका चलाउने व्यवसायीको गाडी चढेर प्रचण्ड कहाँ पुगे । प्रचण्डकहाँ पुगेर आफू गिरिजाप्रसाद कोइरालाको अत्यन्तै निकट रहेको विश्वास दिलाए । यसपछि उनलाई प्रचण्ड र गिरिजाप्रसाद कोइरालाको ढोकाभित्र छिर्न कुनै समस्या परेन ।
२०६३ सालको परिवर्तनपछि उनी नेपाल आए । महन्थ ठाकुरको गाडीमा बसेर गिरिजाप्रसाद कोइराला भेट्न पुगे । गिरिजाप्रसाद कोइरालासँगको भेटघाटमा उनले प्रचण्डसँग आफ्नो अति नै निकट सम्बन्ध भएको विश्वास दिलाए ।
एक जना साप्ताहिक पत्रिका चलाउने व्यवसायीको गाडी चढेर प्रचण्ड कहाँ पुगे । प्रचण्डकहाँ पुगेर आफू गिरिजाप्रसाद कोइरालाको अत्यन्तै निकट रहेको विश्वास दिलाए । यसपछि उनलाई प्रचण्ड र गिरिजाप्रसाद कोइरालाको ढोकाभित्र छिर्न कुनै समस्या परेन । त्यस पछि पत्रकार ऋषि धमलाको पछि लागेर भारतीय राजदूतावास भित्र छिरे । त्यहाँ पुगेर आफू प्रचण्ड र गिरिजाप्रसाद कोइराला दुवै जनाको अत्यन्तै निकट बनेको र दिल्लीको साउथ ब्लकमा आफ्ना नातेदारहरुको बलियो पकड रहेको विश्वास दिलाए ।
यसपछि जुनसुकै सर्वदलीय बैठकमा पनि उनी सरासर जान थाले । कांग्रेसलाई लाग्थ्यो, माओवादीको मान्छे होला । माओवादीलाई लाग्थ्यो कांग्रेसको मान्छे होला । तर एकदिन सर्वदलीय बैठकमा अमिक शेरचनले उहाँ को हो ? के हैसियतले बैठकमा आउनुभएको हो ? भनेर गिरिजाप्रसाद कोइरालालाई सोधे । कोइरालाले भने –‘तपाँइहरुको मान्छे होइन र उहाँ ?’ यसपछि सबै मुखामुख गर्न थाले । कालोनिलो भएका अमरेश सिंहले आत्तिँदै जवाफ दिए– ‘१२ बुँदै सम्झौताको एउटा पक्षको प्रतिनिधित्व गर्दै यहाँ आएको हुँ । अन्यथा नलिनु ।’
तर नेताहरुले शंका गरेकोले भोलिपल्ट देखि उनलाई बालुवाटर छिर्न रोक लगाइयो । तर नेपाली कांग्रेसको कोषाध्यक्ष महन्थ ठाकुरको डाइभर तथा पिए बनेर बलुवाटार छिरिरहे । प्रधानमन्त्री कोइरालाले पनि खासै आपत्ति जनाएनन् ।
२०६२/६३ सालको जनआन्दोलनपछि संसद छिरेका उनले त्यसपछि आर्थिक हैसियत यसरी बढाए कि उनलाई नजिकबाट चिन्ने साथीहरु नै जिल्ल परे । जब २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसका अधिकांश नेताहरुले पार्टी छाडी मधेसीदलहरु तर्फ लागे । तब अमरेश कुमार सिंहले कांग्रेसभित्र स्थान बनाए । २०६४ सालको संविधान सभा निर्वाचनमा पराजित भएका उनले २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सर्लाही क्षेत्र नं ४ बाट प्रत्यक्षतर्फको टिकट पाए ।
नेपाली कांग्रेसको अत्यन्तै उर्वर ठाउँ हो, सर्लाही ४ । महन्थ ठाकुरले कांग्रेस छाडेपछि त्यो क्षेत्र उनले पाए । महन्थ ठाकुरलाई हराउँदै चुनाव जितेपछि उनले देशव्यापी चर्चा पाउनु स्वभाविकै थियो ।
२०६४ सालको संविधानसभा चुनाव अघिसम्म उनी काठमाडौं बुद्धनगरको एउटा छिँडीको कोठामा बस्थे । थोत्रो मोटरसाइकल थियो । केही उच्च माध्यमिक विद्यालयमा हेलमेट टिचरका रुपमा पढाउँथे । तर २०६४ सालपछि उनको आर्थिक हैसियत एकाएक उकासिन थाल्यो ।
‘तपाँइलाई टिकट मैले मिलाइ दिएको हो , मलाई चुनाव खर्च चाहियो’ भन्दै पैसा उठाउने धन्दा सुरु गरे । कांग्रेसको टिकट पाएका अन्य सिधासाधा कार्यकर्ताहरुले चन्दा पनि दिए । संसद भइसकेपछि भने उनको धन्दा धेरै नै फष्टायो । नेपालको राजनीतिमा भारतको प्रभाव हावी छ भनेर कम्युनिष्टहरुले त नेपालीहरुको दिमाग भुटिदिएकै थिए ।
त्यसमाथि एउटा साप्ताहिकमा नियमित समाचार आउन थाल्यो –‘अमरेश कुमार सिंह भनेका भारतको अत्यन्तै नजिकका मान्छे हुन् । उनले जसलाई चाहन्छन्, उसलाई मन्त्री बनाउन सक्छन् । राजनीतिक नियुक्ति दिलाउन र चुनावमा टिकट दिलाउन सक्छन् ।’
मिलिभगत रुपमा लेखिने यो समाचार अमरेशको धन्दाका लागि विज्ञापन थियो । खरदारको सरुवाका लागि समेत उनीकहाँ मान्छे पुग्न थाले । काम बन्यो भने मैले गरिदिएको भन्दै मोटो रकम लिने । काम नबने अर्को लटमा हुन्छ भन्दै थुमथुम्याउने गर्न थाले ।
सर्लाहीकै कांग्रेस नेता विकासकुमार ठाकुरका अनुसार नेपालका २५ जना धनी व्यक्तिहरुको सूची तयार गर्ने हो भने अमेरश कुमार सिंहको नाम पनि आउँछ । उनको भारत, अष्ट्रेलिया, पोर्चुगल लगायत करिव ११ वटा देशमा घर जग्गा तथा व्यवसाय भएको बताइन्छ ।
त्यो बेला भारतीय दूताबासले स्थानीय तहमै सिधै २ करोड रुपैंयासम्मका परियोजनामा प्रत्यक्ष आर्थिक सहयोग गथ्र्यो । दुतावासका केही कर्मचारीहरुसँग मिलेर आफ्नो निर्वाचन क्षेत्रमा करिव ७० वटा यस्ता परियोजना लगे । लगभग आधा रकम भ्रष्टाचार भयो ।
सर्लाहीकै कांग्रेस नेता विकासकुमार ठाकुरका अनुसार नेपालका २५ जना धनी व्यक्तिहरुको सूची तयार गर्ने हो भने अमेरश कुमार सिंहको नाम पनि आउँछ । उनको भारत, अष्ट्रेलिया, पोर्चुगल लगायत करिव ११ वटा देशमा घर जग्गा तथा व्यवसाय भएको बताइन्छ । भारतमा चार वटा पाँचतारे होटलमा उनको ठूलो लगानी छ । त्यो लगानी हेर्ने जिम्मा सिंहले मजुमदार थरका साढुभाईलाई दिएको बताइन्छ ।
अमरेश सिंहको राजनीतिक सुरुवातदेखि अहिलेसम्म नजिकबाट चिनेका विकास ठाकुरका अनुसार जनयुद्धकालमा शान्तिको पहल गर्ने नेताको पछाडि लागेर माओवादीको हवाला दिँदै व्यापारी धम्काउँदै करोडौं असुलेका अमरेशले अकुत सम्पत्ति जोडेका छन् ।
उनले आर्जन गरेको अकुत सम्पत्ति छानविन हुने संभावना पछिल्ला दिनमा बढेको छ । तर विदेशमा रहेको सम्पत्ति छानविन गर्न सहज छैन । नेपाल भित्रै रहेको सम्पत्ति पनि कहाली लाग्दै छ । राजधानी काठमाडौंमा उनका चार वटा स्कुल तथा कलेज छन् । तीन वटा बंगला छन् ।
राज्य सञ्चालकलाई भारतको डर देखाएर प्रहरी र कर्मचारी सरुवा बढुवाबाट पनि उनले अकुत सम्पत्ति आर्जन गरेका हुन् । उनको बास्तविक हैसियत थाहा भएपछि प्रहरीहरु नै अनुसन्धनका लागि अघि बढेका छन् । आफू कुनै पनि बेला अकुत सम्पत्ति कमाएको अभियोगमा जेल जानुपर्ने संकेत देखेपछि अमरेशकुमार सिंहले यतिबेला अत्यन्तै चर्का कुरा गर्न थालेका छन् ।
कांग्रेसका युवा नेता ठाकुरले प्रश्न गरेका छन्, ‘अक्टोपस’ को नामले चिनिने सिंहको १५ वर्षको अवधिमा बिना कुनै व्यवसाय काठमाण्डौमा तीन वटा घर, सयौँ रोपनी जग्गा, महंगा गाडीहरु कुन नैतिकता र इमान्दारिताको पैसाले किनिएका छन्, जवाफ छ कसैसँग ?’ उनले अमरेशलाई दलाल र भ्रष्टाचारीहरुको रक्षक भन्दै ‘अक्टोपस’ को सम्पति छानविन गर्न सम्पति शुद्धिकरण विभागको ध्यानाकर्षण गराएका छन् ।
nepalmanch.com बाट साभार