कांग्रेस अछामद्धारा आगलागी पिडित कांग्रेस जिल्ला सदस्य ढुंगानालाई ५० हजार आर्थिक सहयोग

कांग्रेस अछामद्धारा आगलागी पिडित कांग्रेस जिल्ला सदस्य ढुंगानालाई ५० हजार आर्थिक सहयोग

अछाम : नेपाली कांग्रेस अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

नेपाली कांग्रेस अछामका सभापती पुष्प बहादुर शाहको सभापतित्वमा भएको बैठकले आगोले घर जलेर पिडित भएका कांग्रेस अछामका जिल्ला सदस्य मिना ढुंगानालाई ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ भने जिल्लामा क्यान्सर रोगको पहिचान भएका ४ जना क्यान्सर पिडितलाई आवश्यक सहयोगका लागि नेपाली कांग्रेस केन्द्रमा पठाउने निर्णय गरेको छ ।

उनिहरुको उपचारमा आवश्यक सहयोगका लागि केन्द्रलाई सहयोग माग्ने निर्णय गरेर पठाईएको कांग्रेस अछामका कार्यबाहक सभापती नयाँराम बजगाँईले जानकारी दिए  ।

घर आगलागी बाट पीडित  कांग्रेस अछामका जिल्ला सदस्य  ढुंगानालाई ५० हजार आर्थिक सहयोग रकम आजै हस्तान्त्ररण समेत गरिएको कांग्रेस अछामले जनाएको छ ।

यस्तै बैठकले नयाँ बर्ष २०८० सालको अवसरमा समस्त आमाबुवा, दाजुभाई दिदिबहिनीहरुलाई नयाँ बर्षको शुभकामना दिदैँ सो निर्णय समेत पारित गरेको छ ।

बैठकको सञ्चालन पार्टी सचिव प्रकाश साँउदले गरेका थिए ।

Leave a Reply