ब्यापारी शाहको निधन प्रती उद्योग बाणिज्य संघ अछाम द्वारा दु:ख व्यक्त

ब्यापारी शाहको निधन प्रती उद्योग बाणिज्य संघ अछाम द्वारा दु:ख व्यक्त

उधोग बाणिज्य संघ अछामका पुर्व काेषाध्यक्ष अन्जु मल्ल शाहका श्रीमान बिरेन्द्र शाह (टाउके राजाको ) दु:खद निधन प्रति उधोग बाणिज्य संघ अछामले दु:ख व्यक्त गरेको छ ।

उधोग बाणिज्य संघ अछामका उपाध्यक्ष यज्ञराज ढुंगानाले जारी गरिएको शोक वक्तव्यमा भनिएको छ मंगलसेन नगरपालिका वडा नम्बर ५ निवासी ब्यापारी तथा अछामी राजपरिवारका सन्तान शाहको दु:खद निधनले स्तब्ध तुल्याएको छ । मृत आत्माको चिरशान्तिको कामना संगै शोकाकुल परिवारजनमा इश्वर धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्दै प्राथना गर्दछु । साथै दु:खको यस घडिमा जिल्ला स्थित सम्पुर्ण ब्यापारी हरुले आज एक दिन आआफ्नो ब्यवसाय बन्द
गर्न हुन् अपिल समेत गरेको छ ।

त्यस्तै निर्माण ब्यवसायी संघ अछामले पनि शाहको निधन प्रती दु:ख व्यक्त गरेको छ । आफुहरुले एक निर्माण ब्यवसायी गुमाउदा निकै नै पिडा भएको संघले बतायो ।

 

 

Leave a Reply