एफयूका आङ्गिक क्याम्पसका समस्या समाधान गर्न स्ववियु अध्यक्षहरुको माग

एफयूका आङ्गिक क्याम्पसका समस्या समाधान गर्न स्ववियु अध्यक्षहरुको माग

धनगढी – सुदूरपश्चिम विश्वविद्यालयका आङ्गिक क्याम्पसका ११ जना स्ववियु अध्यक्षहरुले संयुक्त रुपमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. अम्मरराज जोशीसङ्ग विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियनका काम कर्तव्य र अधिकारका विषयमा देखिएका नीतिगत समस्या समाधान गर्न र विद्यार्थीले भोगिरहेका सास्याहरु पाठ्यक्रम र पाठ्यपुस्तक समयमै उपलब्ध गराउन लगायतका समस्या समाधानको माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।

विश्वविद्यालयाले तोकेको डेडिकटेड आवरको अवधारणालाई प्रभावकारी रुमपा लागुगरी विद्यार्थीलाई पाँच घण्टा क्याम्पसमा बस्ने वातावरण बनाइदिन, विश्वविद्यालय बाट समाधान गर्न सकिने विभिन्न विषयहरू तत्काल सुरुगरी समस्या समाधान गर्न र समग्र विश्वविद्यालयको वृद्धि विकासमा कुशल नेतृत्वदायी भूमिकामा निर्वाह गरिदिन अनुरोध गर्दै उपकुलपति प्रा.डा. अम्मरराज जोशीलाई ७ बुँदे ज्ञापन पत्र बुझाइएको पाटन बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष भागरथी भट्ट  बताए ।

साथै उनले आफूहरूले गरेको पहलको परिणाम चाडै आउने र पाएको जिम्मेवारी इमानदारी पूर्वक निर्वाह गरिने बताएका छन् । गत चैत्र ८ गते सुदुरपश्चिम विश्वविद्यालयका १२ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको थियो ।

Leave a Reply