रोकिएन आत्महत्याको क्रम, अछाममा पछिल्लो ११ महिनामा २० जनाले गरे आत्महत्या

रोकिएन आत्महत्याको क्रम, अछाममा पछिल्लो ११ महिनामा २० जनाले गरे आत्महत्या

अछाम : जिल्लामा आत्म हत्याका घट्नाहरु नघटेको पाईएको छ । गएको २ आर्थिक बर्ष भन्दा यस आर्थिक बर्षमा केही कम घट्ना भएपनि आत्महत्याका घट्ना भईरहेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

यस आर्थिक बर्षको अहिले सम्मको तथ्यांक अनुसार अछाम जिल्लामा २० जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जेष्ठ महिना सम्म २० जनाले आत्महत्या गरेको तथ्यांक रहेको छ ।

पछिल्ला २ बर्ष भन्दा आत्महत्याका घट्ना कम भएपनि यसको क्रम अझै नरोकिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी नारायण डाँगीले बताए । आत्महत्याका घट्नामा कमी ल्याउन मानसिक स्वास्थ्यका कार्यक्रममा बढी केन्द्रीत हुनुपर्ने उनको भनाई छ ।

आर्थिक बर्ष २०७७/७८ मा ५१ जना, २०७८/७९ मा ३४ जनाले अछाम जिल्लामा आत्महत्या गरेका थिए ।

Leave a Reply