गगन र बालेनले दिए मुकुन्द रिजाललाई अन्तिम श्रद्धाञ्जली

गगन र बालेनले दिए मुकुन्द रिजाललाई अन्तिम श्रद्धाञ्जली

काठमाढौं – काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिएको छ।

रिजाललाई कांग्रेस महामन्त्री गगन थापा, अर्थमन्त्री प्रकाशशरण महत, काठमाडौं महानगरका मेयर बालेन साह, उपमेयर सुनिता डंगोललगायतका नेताहरूले सभागृह पुगेर श्रद्धाञ्जली दिएका छन्।

रिजालको दिउँसो साढे २ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गर्ने कार्यक्रम छ। रिजालको बिहीबार बिहान उपचारका क्रममा ग्रान्डी अस्पतालमा निधन भएको हो।

नेपाली कांग्रेस काठमाडौं ७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजाललाई उच्च ज्वरो र निमोनिया देखिएपछि गत आइतबार अस्पताल लगिएको थियो।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजकसमेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए।

Leave a Reply