जिल्ला सुरक्षा समिती र ढकारी गाउँपालिकाका सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्ला सुरक्षा समिती र ढकारी गाउँपालिकाका सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

असोज १३,अछाम : जिल्ला सुरक्षा समिती र ढकारी  गाउँपालिका सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नजिकै आएको चाडपर्व लाइ लक्षित गर्दै गाउँपालिकाका सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले अछाममा व्यापक मात्रामा उत्पादन हुने गरेको घरेलु मदिराको कारण घरेलु हिंसाका घटनाहरु बढेकोले यसलाई नियन्त्रण गर्न सबैले सकृय भएर लाग्नुपर्ने बताए ।

लागु औषध दुर्व्यसनी, छाउपडी प्रथा ,बाल बिवाहा लगायतका कु प्रथाको कारणले पनि समाजमा हिंसा बढ्दै गएकोले यता तर्फ पनि सरोकारवालाले ध्यान दिएर  यस्ता कुप्रथा विरुद्ध अभियान चलाउनुपर्ने बताए ।

जिल्लामा लागु औषध सेवनकर्ताको संख्या बढेकोले लागु औषध ओसारपसार रोक्न  अछामका सबै सिमानाका हरुमा कडी कडाइ गरिएको बताए । साथै उहाँले लागु औषधको कारोबार ,सेवन ,घरेलु हिंसा लगायतका घटना हरुमा संलग्न जो कोहि लाई पनि जनप्रतिनिधि हरुले बचाउन नलागेर  कानुनी कारबाहीमा सहयोग गर्नुपर्ने बताए । यस्ता कार्यक्रम हरु चाडपर्वमा मात्रै  सिमित नभएर आगामी दिनहरू स्थानीय तहहरु संगको समन्वयमा निरन्तर रूपमा संचालन गरिने समेत प्रष्ट पारे ।

जिल्लाका विभिन्न मेडिकल ब्यवसायी हरु मार्फत
लागु औसधको कारोबार तथा सेवनका घटना बढेको जनगुनासो लाई मध्यनजर गर्दै जिल्लामा संचालित औसधि पसल हरुमा अनुगमनको कार्यलाई तिब्र रुपमा अगाडि बढाइ रहेको  जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक राज ढुंगानाले बताए ।

जिल्लामा शान्ति सुरक्षा कायम गर्न नागरिक र प्रहरी बीच समधुर सम्बन्ध हुनुपर्ने जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । जिल्लामा लागु औसध सेवनले सेवनगर्ने ब्याक्ती संगै सिङ्गो समाजलाई असर पुग्ने गरेकोले यसबाट सचेत हुनुपर्ने र यस्तो भेटिएकोमा तत्काल प्रहरीलाई खबर गर्न समेत अनुरोध गरे ।

युवा पुस्ता हरु लागु औषध दुर्ब्यसनिमा फसेकोले त्यसको जालो बाट उम्काउन सबैले साथ दिनुपर्ने ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउदले बताए । अध्यक्ष साउदले ढकारी गाउँपालिकाका नागरिक हरुलाइ शान्ति सुरक्षाको अनुभुती प्रदान गर्न प्रहरी प्रशासन र गाउँपालिका हातेमालो गर्दै विभिन्न विकृति बिसङगतिका विरुद्ध एकताबद्ध तरिकाले लाग्ने आश्वासन दिए।

गाउँपालिका उपाध्यक्ष नेत्रकला शाहीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष धनबहादुर बुढा ,प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारी ,जिल्ला समन्वय समिति अछामका सदस्य द्वारिका उपाध्याय ,निवर्तमान उपाध्यक्ष लक्ष्मी साउद,नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारी  लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन ढकारी गाउँपालिका प्रशासन शाखा प्रमुख नवीन रिमालले गर्नुभएको थियो ।

Leave a Reply