आन्दोलनरत स्थानीय तहका कर्मचारी माथी प्रहरीको बल प्रयोग

आन्दोलनरत स्थानीय तहका कर्मचारी माथी प्रहरीको बल प्रयोग

काठमाडौं,२२ असोज : प्रस्तावित संघीय निजामती सेवा ऐनका विरुद्धमा सडकमा उत्रिएका स्थानीय तहका कर्मचारीमाथि प्रहरीले दमन गरेको छ ।

संघीय निजामती विधेयकलाई लिएर आन्दोलनरत कर्मचारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र कर्मचारीबीच धकेलाधकेल भएको थियो । उक्तक्रममा प्रहरीले बल प्रयोग गरेको छ । त्यसक्रममा केही आन्दोलनरत कर्मचारीहरु घाइते भएका छन् ।

आफू हरुले गरेको शान्तिपूर्ण आन्दोलनमा  प्रहरीले बल प्रयोग गरेको आन्दोलनमा रहेका कर्मचारी जनक प्रसाद उपाध्यायले बताए ।

प्रहरीले बल प्रयोग गर्दा केहि कर्मचारी हरु यताउता पछारिएका उनको भनाइ छ ।

Leave a Reply